चाँडबाडमा सबैलाई पैसाको जरुरत हुन्छ । हुन त अन्य समयमा पनि हुन्छ । तर अन्य समय भन्दा चाँडबाडमा बढीनै आवश्यकता हुन्छ । नयाँ लुगा कपडा देखि लिएर अन्य सामानहरु पनि किन्नु पर्ने भएकाले दशै र तिहारमा बढी नै खर्च आवश्यक पर्न जान्छ । त्यसैले चाडपर्व सुरु भएसँगै चोरीका घटना पनि बढ्न थाल्छन ।
दशै नजिक नजिक आउनै लाग्दा चोरीका घटनाहरु बढ्ने गरेको विगतका घटनाहरुले देखाएको छ । त्यसैले प्रहरी प्रशासन देखि लिएर हामी सबै सचेत हुन जरुरी छ । दशै तिहारमा हुन सक्ने चोरीका घटनाहरुलाई न्यूनीकरण गर्न एक भएर लाग्नु पर्छ । दिउँसो तथा रातिका समयमा चोरीका घटना हुने भएकाले सचेत हुन जरुरी छ ।
दोकान र घरमा चोरी हुने गरेका विगतका घटनाहरुबाट पाठ सिकन जरुरी छ । चाडबाडमा बनबाट काठ समेत चोरी हुने गरेका घटनाहरु छन । काठमाण्डौ लगायत देशभर चाडबाडमा चोरीका घटना हुने गरेका छन । सुदूरपश्चिम प्रदेशमा पनि हरेक बर्ष चाडबाडमा चोरीका घटनाहरु हुने गरेका छन ।
त्यसैले प्रहरी प्रशासनको सक्रियता यस्तो अबश्थामा बढाउन जरुरी छ । चोरीका घटनाहरु नहुने गरी प्रहरीले काम गर्न जरुरी छ । दशैको समय नजिकै आईरहेको हुँदा हुन सक्ने चोरी बारे सर्तकता अपनाउन जरुरी छ । मेला, पर्व तथा चाडवाड नजिकिँदै गएकाले चोरी गर्नेहरु सक्रिए हुने हुँदा आवश्यक सावधानी अपनाउन जरुरी छ । प्रहरी प्रशासनले सुरक्षा निकायलाई ठाउँ ठाउँमा खटाउन जरुरी छ ।
चाडवाड नजिकिँदै गर्दा चोरी मात्रै नभई अन्य तस्करी र ठगी पनि बढ्न सक्ने हुँदा सबैले समयमै सचेत हुन जरुरी छ । समाज र टोलमा हुने अबाञ्छनीय घटनाको जानकारी प्रहरीलाई गराई अपराध नियन्त्रणमा सहयोग गर्न जरुरी छ । लागुऔषध कारोबार र तस्करी पनि यस्ता पर्ब मेलाहरु नजिकीदै गर्दा बढ्ने भएकाले विशेष गरी प्रहरी चनाखो हुन जरुरी छ । संदिग्ध क्षेत्रमा प्रहरी निगरानी बढाउन जरुरी छ ।
सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन जरुरी छ । यसका लागी प्रहरीले सक्रियता बढाउन जरुरी छ । अपराध गर्ने जोकोही भए पनि कारबाहीको दायरामा ल्याउन सबैले सहयोग गर्न जरुरी छ । नाताबाद र कृपाबादले अपराध बढाउने भएकाले प्रहरी प्रशासनले कुनै नेताहरुका अगाडी नडराई आफ्नो ईमान्दारीता देखाउन जरुरी छ ।
चाडबाँडका समयमा चोरीका घटना बढ्न सक्ने भएकाले समयमै सर्तकता अपनाउन जरुरी छ । अपराधमुक्त र भएरहित बाताबरणमा दशै तिहार मनाउन सुरक्षाका कार्यहरु अगाडी बढाउन जरुरी छ । चाडबाँडमा चोरीका घटना बढ्न सक्ने भएकाले समयमै सर्तकता अपनाउन जरुरी छ ।

