मनव जीवनमा स्वाश्थ्य भन्दा ठुलो केही छैन । स्वाशथ्य छ त सबैथोक छ, स्वाश्थ्य छैन त केही छैन । त्यसैले सबै भन्दा पहिलो प्राथमीकता स्वाश्थ्यलाई दिन जरुरी छ । स्वाश्थ्य भन्दा ठुलो कुनै धन भएकाले स्वाश्थ्य ठीक हुन जरुरी छ । मान्छेले लाखौ रुपैया खोजेर भए पनि स्वाश्थ्य उपचार गर्ने गरेका छन । मान्छेको स्वाश्थ्य प्रति स्वाश्थ्यकर्मीले पनि जीम्मेवार बन्न जरुरी छ ।
सानो लाफरबाहीका कारण कयौ विरामीहरुको अकालमा ज्यान जाने गरेका घटनाहरु पनि छन । यस्ता घटनाहरु रोक्न स्वाश्थ्यकर्मीले जीम्मेवार बन्नु पर्छ । अप्रेसनको नाम्मा लाखौ रुपैया लिने विरामीलाई पनि मार्ने कार्यहरु हुने गरेकाले यस्ता कार्यहरुलाई रोक्न जरुरी छ ।
अस्पताल जान पनि मान्छेहरु त्रसित हुने गरेकाले ढुक्कभएर विरामीलाई अस्पताल जान सक्ने बाताबरण बनाउन जरुरी छ । अस्पतालमा विरामीको मृत्यु हुने र क्षतीप्ुर्ती दिने कार्य अहिले पनि हुदै आएका छन । खासगरी जथाभावी कुनै मापदण्ड विपरित खुलेका अस्पतालहरुले यस्ता कार्य गर्दै आएको देखिएको छ । सम्बन्धीत निकायले यस्ता अस्पतालहरुलाई नियमन गरी यस्ता कार्य रोक्ने गरी काम गर्न जरुरी छ ।
चिकित्सकका कारण हुने विरामीको मृत्युमा क्षेतीपुर्ती न्याय होईन । मृतकले न्याय र यस्ता कार्य गर्नेलाई कारबाही गरिनु पर्दछ । सामान्य विरामीको समेत अस्पतालमा मृत्यु भएका कयौ घटनाहरु छन । तर ती घटनामा सम्लग्न चिकित्सकहरुलाई कारबाही भएको एउटा पनि घटना देख्न सकिएको छैन ।
पेटदुखेर अस्पताल गएका विरामीलाई एपेण्डीसाईड भएको भन्दै हतारमा अप्रेसन गरीहाल्ने प्रबृतीले गर्दा पनि विरामीको मृत्यु भएको घटनाहरु देखिएका छन । डाक्टरको लाफरबाहीले हुने यस्ता घटनाहरु प्रति सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ । डाक्टरलाई भगवान मान्ने विरामीहरुको विश्वास यस्ता घटनाहरुले गर्दा टुटदै गएको छ ।
राम्रो ज्ञान नभएका भरखरै पढेर आएका र सुदूरपश्चिममा अभ्यास गर्न आउने गरेका सिकारु डाक्टरहरुका कारण सामान्य पेट दुखेकै कारण विरामीहरुले कलीलो उम्मेरमा ज्यान गुमाउनु परेको छ । अझै सुदूरपश्चिम प्रदेशमा नक्कली डाक्टरहरु र गैर कानुनी रुपमा सञ्चालीत अस्पतालहरुले गर्दा यस्ता घटनाहरु बढी हुने गरेका छन ।
यस्ता घटनाहरु प्रति सम्बन्धीत निकाय र नेपाली नागरिकहरु सचेत हुन जरुरी छ । मानव स्वाश्थ्यमा खेल्बाड गर्ने अधिकार कसैलाई नभएकाले स्वाश्थ्यमा खेल्बाड गर्ने जोकोही भए पनि कारबाही गर्न जरुरी छ । स्वाश्थ्य नै धन हो, खेल्बाड नगरौ भन्ने चेतनाको विकास गर्न जरुरी छ ।

