"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ज्यूदालाई अपमान गर्ने समाजमा विश्वकर्मा पूजाको महत्व

No data was found

Khabar Raftar

मान्छे सबै भन्दा सर्ब श्रेष्ठ प्राणी हो । सर्बश्रेष्ठ प्राणी भएकै कारण हरेक कुरामा मान्छे अगाडी छ । जातीय विभेद, पूजाआजा र अनेक क्रियाकलापमा मान्छे सबै भन्दा अगाडी नै छ । तर मान्छेहरुमा कमैको पूजा गरिन्छ । पूजा कस्को गरिन्छ भन्ने कुरा हामी पूजा गर्ने भएकाले सबैलाई राम्रोसंग जानकारी भएकै विषय हो । देवि देउताहरुको पूजा गरिन्छ, भगवान रामको पूजा गरिन्छ र विश्वकर्माको पूजा गरिन्छ । जसलाई ज्यूदो छदा अपमानको भट्टीमा जलाएर मृत्युपश्चात हरेक बर्ष असोज १ गते पूजा गर्ने हाम्रो समाजका बुद्धीजीवि भनाउदाहरुले यस विषयमा गहन छलफल अगाडी बढाउन जरुरी छ ।

विश्वकर्माकोे पूजा त्यसै गरिएको होईन । सृष्टीकर्ता विश्वकर्मालाई ज्यूदोछदा किन अपमान गरियो यस्ता कुराहरुको खोजी हुन जरुरी छ । हामीले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा मनाएका छौ । हामीले मात्र होईन अर्थात दलित समुदायले मात्र नभई सिंगो नेपाली समाजले विश्वकर्मा पूजा गरेको छ । हरेक बर्ष गर्दै आएको छ । तर त्यही विश्वकर्माको ज्यूदो सन्तान दलितलाई गरिने विभेद अझै कायमै     छ । विश्वकर्मा भगवानको पूजामा विभिन्न कलकारखाना र सवारी साधनहरुको विधिपूर्वक पूजा आराधना गरी मनाइएको छ ।

कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर विश्वकर्मा पूजा गरिएको छ । विश्वकर्मा पूजाको दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारहरुको पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने विश्वास रहेको छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिए पछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाइ लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समय देखि पूजाआजा गर्ने गरिएको लामो ईतिहाँस छ । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवता मध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको भेद द्वारका अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा लिईन्छ ।

विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्र ग्रन्थको रचना विश्वकर्माले नै गरेको विश्वास गरिन्छ । नेपालका कालीगढहरूले हरेक बर्ष भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्दै आएका छन । पूजा गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिदै आएको छ । त्यही विश्वासमा विश्वकर्मा पूजाको दिन गृह प्रबेश, इन्जिन जडान, नयाँ गाडी खरिद र नयाँ उद्योगहरुको उद्घाटन समेत गरिदै आएको छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको विश्वकर्माको सम्झनामा विश्वकर्मा पूजा गरिदै आएको छ ।

पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेद मध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको संख्या पनि बढ्न थालेको छ । मानव जीवनमा आवश्यक हरेक कुराको आविष्कार र आपुर्ती पनि विश्वकर्माले अर्थात दलित समुदायले गर्दै आएका छन । खाने, पकाउने देखि लिएर लगाउने, कृषी गर्ने, हरेक कुरामा दलित समुदायको अमूल्य योगदान रहेको छ ।

अहिले दलित समुदायका पेशा ब्याबसायहरु खोस्ने काम भएको छ तर त्यही काम गरेबाफत अछूत बनाईएका दलितहरुको पेशा खोस्नेहरु मालीक भएका छन । त्यसैले ज्यूदा दलितहरुलाई सम्मान गर्न सके मात्र विश्वकर्मा पूजाको सार्थक अर्थ हुने छ भन्ने कुरालाई सबैले आत्मसाथ गर्न जरुरी छ । लुगा सिलाउने परियार सहित सुल्पा बनाउने बादी, हसिया, कुटा,े कोदालो, भाडाकुँडा बनाउने विश्वकर्मा, सुनका गरगहना बनाउने सुनार, घर र मठमन्दिर बनाउने सबै दलितहरुको सम्मान गर्न जरुरी छ । ज्यूदालाई अपमान गर्ने समाजमा विश्वकर्मा पूजाको महत्व बुझन जरुरी छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन