भदौ ३० काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल,ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
अर्याललाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री कार्कीले आइतबार तीन सदस्यीय मन्त्रिपरिषद् विस्ता गरेकी थिइन् । त्यसैगरी नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।
साथै ऊर्जा मन्त्री घिसिङले खादा–माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


