अहिले देश सुन्यतामा रहेको छ । आफ्नै देशका नागरिकले देशलाई सुन्यतामा पु¥याएका हुन । देशका महत्वपूर्ण सम्रचनाहरु जो परापूर्बकाल देखि नेपालमा शासन गर्ने महत्वपूर्ण स्थानहरु थिए । ति सबै ाष्ट भएका छन । भौतीक रुपमा नष्ट भएका सम्रचनाहरु फेरी पनि बनाउन सकिन्छ । तर देशले ईतिहास गुमाएको छ ।
देशलाई आवश्यक महत्वपूर्ण कागजातहरु गुमाएको छ । जसले गर्दा नेपालीको पहिचान नै गुमाएको छ भन्न सकिन्छ । जे सुकै होस अब पछुताएर गुमाएका सबै कुराहरु फिर्ता हुने पनि छैनन । एक अर्कालाई दोष लगाएर पनि केही हुने वाला छैन । त्यसैले अहिले को जटिल परिस्थितिमा सम्पूर्ण नेपालीहरु एक भएर पुर्न निर्माणमा लाग्न जरुरी छ ।
सरसफाई गरेर छिटो भन्दा सेवा सुचारु गर्न जरुरी छ । आवश्यक सामाग्री सहयोग गर्न आवश्यक छ । देशलाई पसर्न निर्माण गर्न सबै सक्रिय हुन जरुरी छ । एकले थुकि सुकी सयले थुकी बगी भने झै सबैले सकेको सहयोग गर्न आवश्यक छ । नेपाली ईतिहासमा नेपालीले आफ्नै सम्पती नष्ट गरेको यो पहिलो घटना भएकाले सार्बजनीक सम्पतीमा आगो लगाउनेहरुलाई पछुतो हुने गरी पुरै देश पुर्न निर्माणमा जुटन जरुरी छ ।
देशलाई पुरानै अबश्थामा ल्याउन सबैले आ–आफ्नो स्थानबाट लाग्न जरुरी छ । जसका कारण देशले यती ठूलो क्षती बेहोर्नु परेको छ, ती भ्रष्ट नेताहरुको सम्पती सरकारको मातहत ल्याउन जरुरी छ । देशले तिमीले के दियो भनेर होईन देशलाई हामीले के दियौ भन्ने उच्च सोचका साथ सम्पूर्ण नेपालीहरु एक ढिक्का हुन जरुरी छ ।
देश जलेको आलो घाउमा नुन चुक छर्कने काम कसैले नगरी सबैले मलम लगाउने प्रयासका साथ अगाडीबढ्न जरुरी छ । देशले पहिलो महिला प्रधान मन्त्री पाएको छ । त्यसैले अबश्य चाडै प्रतिफल पनि प्राप्त गर्ने छ । उनलाई सबैले साथ दिन जरुरी छ । आफुले पनि केही नगर्ने, रअरुलाई पनि गर्न नदिने पुरानो कुसंस्कारलाई त्याग्न जरुरी छ ।
गर्नेलाई सहयोग समर्थन गर्र्नुका साथै गर्न नदिनेहरुलाई पनि खबरदारी गर्न जरुरी छ । जे हुन्छ राम्रैका लागी हुन्छ, जे भयो राम्रै भयो र जे हुने छ त्यो पनि राम्रै हुने छ भन्ने भावकासाथ सुविचार बोकेर अगाडी बढ्न जरुरी छ । ईच्छा आकांछा धेरै छन, गर्नु पर्ने धेरै छ, तर स्रोत र साधनको अभाव छ । त्यसैले संयम भएर लागौ, एकता र राष्ट्र भावकासाथ सबै जना पुर्न निर्माणमा जुटौ । सफल्ता घाम झेल्केझै अबश्य झुल्कने छ ।

