"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरिन्

No data was found

Khabar Raftar

भदौ २९ काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आईतबार बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघि उनले आईतबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

त्यसैगरी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् । पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

‘मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला बेग्लै कुरा हो । तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटी भएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस किसिमले हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पु¥याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ ।’

उनले यसबारे अनुसन्धान हुने र कारबाही हुने बताइन् । अनुसन्धान हुन बाँकी छ । र अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई यसरी नोक्सान गर्नेहरुलाई अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन । यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ,’ उनले भनिन् ।

प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार, सर्वोच्च अदालत जस्ता मुलुकलाई अति आवश्यक सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने ? भनेर प्रश्न गरेकी छन् । यस्ता अपराधमा संलग्नलाई कारबाही हुने पनि उनले बताइन् । पदभार ग्रहणपछि कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले यो देशको शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, ती कागजहरु, नष्ट भए ? अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ ।

नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’उनले यस्ता गतिविधिहरु षडयन्त्रपूर्वक भएको हुन सक्ने बताइन् । ‘हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पु¥याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् । उनले जेनजी युवा प्रदर्शनको क्रममा भएका यस्ता घटनाको अनुसन्धान गर्ने र कारबाही गर्ने पनि बताइन् । ‘यसबारे अनुसन्धान हुन बाँकी छ ।

अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई, यसरी नोक्सान गर्नेहरुलाई, अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन,’ उनले भनिन्, ‘यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ । सर्वोच्च अदालत, सिंहदरबार लगायतका भौतिक संरचनाहरु जल्दा महत्वपूर्ण कागजातहरु जलेको र सरकार शून्यको अवस्थामा पुगेको उनले बताइन् । ‘भौतिक क्षतिले केही हुँदो रहेन छ ।

त्यो त बनाउन पनि सकिन्छ । ती रेकर्डहरु, जमानाका फाइलहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौं । हाम्रो अवस्था शून्यमा छ,’ उनले भनिन् । उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको बताइन् । मुलुकको शासन व्यवस्था चलाउन अत्यन्त आवश्यक संस्थाहरुमा आगजनी र तोडफोड गर्नेहरुलाई नेपाली कसरी भन्ने भनेर पनि उनले प्रश्न गरिन् ।

‘बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले यो देशको शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, ती कागजहरु, नष्ट भए,’ उनले भनिन् ।‘अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ ।

नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’ त्यसैगरी जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।

यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १ सय ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन