"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रेशमले छोडे नाउपा, नयाँ पार्टी निर्माणको घोषणा

No data was found

Khabar Raftar

भदौ २९ धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले उक्त पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै नागरिक उन्मुक्तिबाट अलग हुने बताएका चौधरीले नयाँ पार्टी निर्माण गर्ने घोषणा गरेका छन् ।

रेशम र उनकी पत्नी समेत रहेकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबिच लामो समय देखि विवाद रहेको थियो । श्रीमतीसँगको विवादका कारण रेशमले पार्टी त्याग गरेका हुन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल राख्ने बताएका छन् ।

गत साउनमा रेशम पक्षको काठमाडौंमा भएको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्ष सहित साधारण सदस्यबाट समेत हटाएर रेशमका बुबा लालवीरलाई अध्यक्ष बनाएको थियो । तर, उक्त भेलाको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको थिएन । रेशमले पार्टी छोडेर नयाँ पार्टीको संगठन निर्माणमा लाग्ने बताएका छन् ।

‘नागरिक उन्मुक्तिबाट अलग भएको घोषणा गर्दछु । मलाई अब झगडा गर्नु छैन,’ उनले भनेका छन्, ‘म आजबाट नयाँ पार्टी निर्माणमा लाग्छु । म राजनीतिक व्यक्ति हो, पार्टीविना बस्न सक्दिनँ । राजनीति नगरी बस्न सक्दिनँ ।’ रेशमले आफूलाई साथ दिन नागरिक उन्मुक्तिका नेता–कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

रेशमले रञ्जिता तथा नेता दामोदर पण्डित लगायत सँग आफ्नो कुनै दुस्मनी नरहेको पनि बताएका छन् । उनले निर्वाचन आयोगले आफूलाई पार्टी अध्यक्षबाट रोक्न नमिल्ने तर्क गरेका छन् ।

थरुहट आन्दोलनका क्रममा आठ जनाको ज्यान गएको टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका वेला रेशमले श्रीमती रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति गठन गराएका थिए । उनी कैद मिनाहा भएर कारागार मुक्त भएसँगै पार्टीको महाधिवेशन गराएर आफू अध्यक्ष बनेका थिए । तर, निर्वाचन आयोगले उक्त समितिलाई मान्यता दिएको थिएन ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन