नेताहरु भ्रष्ट र तानाशाही नभएको भए देशले यत्रो ठूलो क्षेती बेहोर्नु पर्ने अबश्था आउदैनथ्यो भन्ने विषयमा कुनै दुई विद्या छैन । एक पछि अर्को गल्ति गर्दै देश र जनतालाई बर्बाद बनाउने कार्यमा तल्लिन नेताहरुका कारण आज देशले गम्भिर क्षती बेहोर्नु परेको छ । यसको सम्पूर्ण जिम्मा भ्रष्ट नेताहरुले लिन जरुरी छ । उनीहरुको बैक खाता रोक्का गरी असुलउपर गर्न जरुरी छ ।
सत्ताको मातमा मैमत्त भएका गद्धार नेताहरुका कारण आज सम्पूर्ण नेपालीहरुले ईतिहांस मेटाएका छन । सदियौ बर्ष पूराना सम्पतीहरु ध्वस्त भएका छन । कुनै पनि आन्दालनलाई बल प्रयोग गर्नु पूर्ब बार्ता र छलफलको माध्यामबाट समाधान खोजीनु पर्ने विधि प्रकृया हुदा हुदै पनि बार्तामा नबोलाई, कुरै नसुनी दुई तिहाईको दम्भले मात्तिएका कारण आजको यो अबश्था आएको हो ।
देशले कहिल्यै पूरा गर्न नसकिने अपुरणीय क्षती बेहोर्नु परेको छ । सम्पूण सम्रचनाहरु ध्वस्त भएका छन । खराबौको नोक्सान भएको छ । जे सुकै होस विगतलाई सम्झेर आत्म ग्लानी गर्नु भन्दा अब सबैले पुर्ननिर्माणमा जुटन जरुरी छ । सके जती सबैले देशलाई बनाउन सहयोग गर्न जरुरी छ । जेन्जीहरुले ध्वस्त बनाईएका सम्रचनाहरु बनाउनमा सहयोगी भूमीका निर्बाह गर्न जरुरी छ ।
घटनाले सबैलाई पाठ सिकाई सकेको हुँदा हामी जिम्म्ेवार बन्न जरुरी छ । देश र जनताका सवालमा एक ढिक्का हुन जरुरु िछ । भ्रष्ट शासकहरुलाई कठघरामा उभ्याएर फेरी कसैले भ्रष्टाचार गर्न सक्ने सहास नगर्ने गरी कारबाही गर्न जरुरी छ ।
अन्तिरम सरकार गठनमा समाबेशीतालाई ध्यानमा राख्न जरुरी छ । पहिलेका भन्दा अहिलेका ठकि छन, ठीक मात्र होईन उत्तम छन भन्ने सन्देश दिन जरुरी छ । भ्रष्ट नेताका कारण राष्ट्रको सम्पती खरानी भएकाले अब भ्रष्ट नजन्मीउन भन्ने विषयमा सचेत हुन जरुरी छ ।

