भदौ २४ काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेकी उनकी पत्नी आरजु राणालाई प्रदर्शनकारीले आक्रमण गरेका छन् ।
देउवाको बुढानीलकण्ठस्थित घरमा पसेर जेन–जी पुस्ताको आन्दोलनमा सहभागीहरुले उनीहरुलाई आक्रमण गरेका हुन ।
जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेपछि आक्रोशित समूहले बूढानीलकण्ठ निवासमा पसेर आक्रमण गरेको हो ।
प्रदर्शनकारीको आक्रमणबाट देउवा र परराष्ट्रमन्त्री समेत रहेकी उनकी पत्नी आरजु राणा घाइते भएका छन् ।

Post Views: 55


