परम्परागत रुपमा चलिआएका चाडपवलाई हामीले मनाउदै आएका छौ । हाम्रा सम्पती मौलिक चाड पर्बलाई यसरी नै मनाउदै बचाउन पनि जरुरी छ । विदेशी संस्कार परम्पराले जरा गाड्दै गएको हाम्रो समाजमा दशै, तिहार, गौरा, र कृष्ण जन्माष्टमी जस्ता पर्बहरुको मौलिकता कायम राख्ने गरी मनाउन जरुरी छ । गौरा पर्ब भरखरै सकिएको छ ।
कृष्ण जन्माष्टमी भखरै सकिएको छ । हिन्दु परम्परापरा अनुसार मनाउदै आएका चाडपर्बहरुसगै अन्य समुदायले मनाउने चाडपर्बहरुलाई पनि हामीले सम्मानजनक तरिकाले लिन जरुरी छ । उनीहरुले पनि आफ्ना चाडपर्बहरुलाई बचाउन जरुरी छ । चाडपर्वले सबैलाई कुनै न कुनै रुपमा प्रभाव पार्ने नेपाली समाजको महत्वपूर्ण विशेषता हो ।
नेपाली समाजमा मात्र नभई विश्वका विभिन्न मानव सभ्यतालाई हेर्ने हो भने त्यहाँको विशेषता अनुसार मनाइने चाडपर्व–संस्कृतिमा मानिसहरु रमाएको देख्न सकिन्छ । चाडपर्वलाई ऐतिहासिक कोणबाट हेर्ने हो भने समाज विकासको क्रममा आवश्यकता अनुसार मानवले सिर्जना गरेकाले समय अनुसार खराव कुराको सुधार पनि आवश्यक छ । संस्कृति, धर्म, संस्कार र चाडपर्ब मानिसलाई समाजमा जोड्नका लागि बनाइएका हुन् भनेर हामीले बुझन जरुरी छ ।
हाम्रा संस्कृतिको निरन्तरतासंगै राष्ट्रिय एकतालाई अझ बलियो बनाउन जरुरी छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले विभिन्न समुदायले मनाउने चाडपर्व प्रति परस्पर सद्भाव र सम्मानको व्यवहार हुनु जरुरी छ ।
मौलिकतालाई नगुमाई सभ्यता, संस्कृतिलाई परिमार्जन गर्न पनि जरुरी छ । हाम्रा सम्पती मौलिक चाड पर्बलाई बचाउन जरुरी छ । मौलिक चाड पर्बको संरक्षण र सम्बर्दन गर्न जरुरी छ ।

