प्रहरी शान्ति सुरक्षा र अमन चयनका लागी हो । अर्थात देश र नागरिकको सुरक्षासंगै शान्ति सुरक्षाका लागी हो । सानो तलवमा २४ घण्टा काम गरेर प्रहरीले देश र जनताको सुरक्षा गरिरहेको छ । सबै भन्दा बढी कर्तब्य प्रहरीले नै निभाएका छन ।
प्रहरी भएकै कारण हामीले ढुक्कसंग हिड्डुल गर्न पाएका छौ भने शान्तिसंग सुत्न पाएका छौ । प्रहरीले सुरक्षा दिईरहदा पनि थुप्रै अपराधका घटनाहरु घटीरहेका छन । प्रहरी नभए के हुथ्यो होला हामीले सहजै अनुमान लगाउन सक्छौ । तर पनि प्रहरी प्रतिको हाम्रो धारणा नकारात्मक देखिन्छ । हामीले प्रहरीलाई हेर्ने दुष्टिकोण बदल्न जरुरी छ ।
जनताको जिउधनको सुरक्षा गर्ने र शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरी आफैं असुरिक्षत बन्दै गएको छ । प्रहरी असुरक्षित बन्नु भनेको हामी असुरक्षित बन्नु हो । देश कम्जोर हुनु हो । त्यसैले हामीले प्रहरीलाई ढुङगा हान्ने होईन, गाली गर्ने होईन बरु सहयोग गर्ने हो । पहिलेको प्रहरी र अहिलेको प्रहरीमा जमीन आकाश विचको परिबर्तन आएको छ ।
केही प्रहरी बदमास हुनु सामान्य विषय हो । एउटा बदमास भयो भन्दैमा सबै प्रहरीहरुलाई एउटै आखाले हेर्नु पनि हुदैन । निकै कमजोर र जीर्ण प्रहरी चौकीहरूमा कष्टपूर्ण अबश्थामा प्रहरीले बस्नु परेको छ । पानी चुहिने, भत्किने र पहिरो तथा भूकम्पको जोखिम भएका भवनमै बसेर प्रहरीले जनताको सुरक्षा गरि रहेका छन ।
बाढी पहिरो नभनि उद्धार कार्यमा जुटेर नागरिकको ज्यान बचाउने गरेका छन । दशै तिहारमा समेत घर परिवार नभनि जनताको सेवा र सुरक्षा गर्ने प्रहरीलाई सहयोग मात्र होईन हामीले सम्मान गर्नु पर्दछ । पहाडी भेगमा थोत्रा र जीर्ण भवनमा बस्नुपर्ने र हिमाली भेगमा चिसोमा बसेर जनतालाई सुरक्षा दिने प्रहरीको बारेमा सरकारले पनि सोच्न जरुरी छ ।
प्रहरीको काम कर्तव्यलाई मध्ये नजर गर्दै आवश्यक भौतिक संरचना निर्माण गर्नुकासाथै स्रोत साधनमा सरकारले कुनै कमी हुन दिनु हुदैन । प्रहरीका पीडालाई बुझेर उनिहरुका लागी उचित खानपानको ब्याबश्थासंगै अन्य ब्याबश्था राज्यले गर्न जरुरी छ ।
नगरिकले गर्ने आन्दोलनमा प्रहरीले पनि धर्यता अपनाउन जरुरी छ । नागरिकहरुले पनि प्रहरीलाई ढुङगा हान्ने गाली गर्ने कार्य बन्द गर्न जरुरी छ । प्रहरीका पीडा कस्ले बुझ्ने भन्ने प्रश्नको जवाफ दिन सरकारले प्रहरीका समस्या समाधान गर्न जरुरी छ । प्रहरीका पीडा बुझ्न जरुरी छ ।

