सुन्दर सुदरपश्चिम प्रदेशलाई बदनाम गर्ने काम हुदै आएका छन । कहिले छाउपडीको नाम्मा त कहिले जातीय विभेदको नाम्मा सुदूरपश्चिम प्रदेशलाई बदनाम गर्ने काम हुदै आएका छन । जातीय विभेद सुदूरपश्च्मि प्रदेशमा मात्र नभई देशै भरी रहेको छ ।
त्यसैगरी छउपडी मान्ने चलन पनि देशका केही थान बाहेक सबै क्ष्ँेत्रमा रहेको । तर सुदूरपश्चिम प्रदेशको मात्र बदनाम गर्ने काम हुदै आएको छ । यस्ता कार्य बन्द गर्न जरुरी छ । भरखरै एउटा जातीय विभेद गरी हत्या गरिएको भन्ने कर्णाली पारीका एन जना ब्याक्तिले फैलाएको भ्रमले सुदूरपश्चिम प्रदेशलाई नतमष्तक बनाएको छ । एकजना दलित बालकको मृत्यु भएको छ ।
त्यो सत्य कुरा हो । तर एृउटा मन्त्रीले गाडी छोएको नाम्मा लखेटी लखेटी काडीले कुल्चेर मारेको भन्ने विषय लोक हसाउने खालको छ । झुट बोल्नेहरुले विश्वास गर्न सकिने झुट किन नबोलेको होला । तर उनको दुनिया हसाउने झुटले सुन्दर सुदूरपश्चिम प्रदेशको मानहानी गरेको छ । बैतडीको डिलाशैनी गाउँपालिका वड नम्बर–३ गिन्नीबगडकी ३४ बर्षीया राजमती कोलीका छोरा किरण कोलीको मृत्यु भएको कुरा सत्य हो । कसैका कारण करेन्ट लागेर उनको मृत्यु भएको विषयलाई जातसंग जोडीएको छ ।
साउन १७ गते कक्षा ८ मा पढ्दै गरेका १४ बर्षीय किरण कोलीको करेन्ट लागेर मृत्यु भए पछि सामाजिक सञ्जाल तातेको छ । साउन १७ गते घर नजिकैको घाटबगड भन्ने स्थानमा बालुवाको थुप्रोमा खेल्न गएको अबश्थामा विद्युतको पोल र तारमुनि थुपारिएको बालुवामा खेल्दा करेन्ट लागेर मृत्यु भएका कोलीको परिवारले क्षती पूर्ती पाउन जरुरी छ ।
वजिुलीको तार छुनेगरी बालुवा राख्न दिने स्थानीय निकाय र बालुवा राख्ने निर्माण कम्पनी र्दुईटैको चरम लाफरबाहीले बालकको मृत्यु भएको छ । त्यसैले उनको परिवारले क्ष्ँेतीपूर्ती पाउन जरुरी छ । ५ लाखमा गुपचुपमा मीलाईएको घटना बाहीर आउनुमा राजनैतिक गन्ध देखिएको छ ।
निर्माण कम्पनी निङ्गलाशैनी कन्सट्रक्सनका कारण बालकको मृत्यु भएकाले कम्पनी कारबाहीको भागीदार अबश्य हुने भएकाले कारबाहीको दायरामा ल्याउन जरुरी छ । समयमा यस्ता विषयमा ध्यान नदिने स्थानीय निकायको पनि चरम लाफबाही देखिएको छ ।
कानुन विपरीत चमेलिया नदीबाट बालुवा उत्खनन गरि थुपार्ने कार्य निन्दनीय छ । पीडित परिवारलाई न्याय दि लाउनुका साथै क्षतीपूर्ती उपलब्ध गराउन जरुरी छ । तर सुदूरपश्चिम प्रदेशलाई बदनाम गर्ने काम बन्द गर्न आवश्यक छ ।

