मानव समाजमा आफ्नो लुटको स्वर्गलाई बचाई राख्न विभिन्न भ्रर्महरु फैलाउने गरिएको छ । जात भात, धर्म भगवानले बनाएको भ्रम फैलाउने काम भएको छ । जसका कारण सदियौ बर्ष देखि दलित समुदायले अपमान सहनु परेको छ ।
जातीय विभेदको पीडा सहनु परेको छ । संसारमा कुनै पनि समाज, व्यवस्था र धर्मको निर्माण कुनै पनि इश्वर, भगवान, अल्लाह या गडले गरेका होइन भन्ने कुरा सबैले बुझन जरुरी छ । सबै मानवले बनाएका हुन भनेर बुझन जरुरी छ ।
मान्छेलाई मान्छेलाई सम्मान गर्नु पर्छ भन्ने चेतनाको विकास गर्न जरुरी छ । त्यसैले नेपालबाट जात ब्याबश्थाको अन्त्य गर्नु पर्छ भनेर सबैले लाग्न जरुरी छ । जात व्यवस्थाको अन्त्य नहुन्जेल जातीय विभेद कायमै रहने भएकाले जात व्यवस्थाको अन्त्य गरी मानव सभ्यताको विकास गर्न जरुरी छ ।
शास्त्र अनुसार ब्रमहाको मुख वाट ब्रहमण,भुजा वाट क्षत्रि,पेटवाट बैश्य, र खुट्टावाट शुद्रको उत्पत्ति भएको भन्ने तर्क झुटो हो भनेर सबैले बुझन जरुरी छ । बुझाउन आवश्यक पनि छ । सीप र कलाका धनीे दलित समुदायलाई सम्मानजनक रुपमा बाच्न पाउने अधिकारको ग्यारन्टि हुन जरुरी छ । जात व्यवस्थालाई उन्मुलन गर्न बनेका ऐन कानुनको कार्यान्वयन गर्न जरुरी छ ।
राष्ट्र र समाजमा समानता र समता ल्याउन राज्यले पहल थाल्न जरुरी छ । नेपालमा भएका खराव प्रथाहरु सतीप्रथा र देउकी प्रथाको अन्त्य हुदा जातीय विभेदको अन्त्य किन हुन सकेन भनेर सबैले गम्भिर हुन जरुरी छ । छलफल र बहस चलाएर राज्यलाई जातीय विभेदको अन्त्य गर्न बाध्य बनाउने अस्त्ररुपी योजना दलित समुदायले पनि बनाउन जरुरी छ ।
सतीप्रथा रदेउकी प्रथामा देशका कथित उच्च जातका चेली, छोरी बुहारी पत्नी पीडित हुनु परेको थियो । जसले गर्दा शासकहरु त्यसलाई हटाउन बाध्य भए । जात व्यवस्थाले देशका शासक बर्गहरुलाई कुनै पिडा नभएका कारण उनीहरुले अहिले सम्म जातीय विभेद हटाउन चासो नदेखाएको अबश्था छ ।
देशका ६० लाख दलित समुदायले एकजुट भएर अमानवीय तरिकाले जीवन जीउनु पर्ने अबश्थाको अन्त्यका लागी आवाज बुलन्द गर्न जरुरी छ । अछुत बनाएर दलित समुदायका मानसिहरुको ज्यान लिने कार्य विरुद्ध लडन जरुरी छ । आत्म सम्मानका साथ बाच्न पाउने अधिकारका लागी लड्न जरुरी छ ।

