"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

No data was found

Khabar Raftar

 

चैत्र २३ धनगढी । बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिम प्रदेशमा चहलपहल बढेको छ । घर लिपपोत देखि रोजगारी, शिक्षा लगायत प्रयोजनका लागि बाहिर रहेकाहरू घर फर्कन थालेपछि चहलपहल बढेको हो ।
सुदूरपश्चिम प्रदेश बासीले बिसु पर्वलाई धुमधामसँग मनाउने गरेकाले बिसु आउनु पूर्व नै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्न थालेका छन ।

नयाँ वर्ष आउनु भन्दा पहिले घर लिपपोत गरेमा वर्षभरी सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेकाले घरलाई लिपपोत गर्ने गरिएको हो । चैत सुरु भए देखि घर लिप्ने र पोत्ने काम गरिन्छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर–१० का सीता भट्टले तीन घण्टा हिँडेर कमेरो र रातोमाटो ल्याइ घर लिपेको बताईन ।

पछिल्लो समयमा घर निर्माणमा सिमेन्टको प्रयोग बढ्न थालेपछि कमेरो र रातोमाटोको प्रयोग पनि घट्दै गएको उनले बताईन । चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको पाटन नगरपालीका वडा नम्बर–८ का लक्ष्मी भट्टले बताईन । बडादसैँका बेलामा खासै लिपपोत नगर्ने बताउदै उनले चैते दशैमा लिप्नुपर्ने बताईन ।

कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने चलन रहेको उनले बताईन । धेरैजसोले पुराना घरमा लगाएको माटो उप्काएर सिमेन्ट लगाएको बताउदै उनले अहिले लिपपोत गर्ने चलन कम भएको बताईन । नयाँ वर्ष तथा बिसु पर्वमा भारत गएकाहरू घर फर्किने चलन भएको बताउदै उनले उनीहरूको आगमनले गाउँमा चहलपहल पनि बढेको बताईन ।

बिसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेली समेत माइत जाने चलन भएको बताउदै उनले बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ खाने चलन रहेको बताईन । बिसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने प्रचलन पनि रहेको छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन