"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गाउँमै कुखुरा पालनबाट मनग्य आम्दानी

No data was found

Khabar Raftar

शितल स्नेही,फागुन २५ बझाङ । बझाङको रोशन विकले गाउमै कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० बस्ने ३० बर्षीय रोशन बि. कले गाउँमै कुखुरा पालन गरेर मनग्य आमदानी गर्दै आएका हुन । युवाहरूका प्रेरणाका स्रोत बन्दै गएका विकले आफ्नै ठाउँमा केही न केही गर्नु पर्छ र समाजका अन्य मानिसहरुले पनि व्यवसाय गरेर आत्मनिर्भर बन्न सिकोस् भने हेतुले व्यवसाय सुरु गरेको बताए ।

बझाङको सदरमुखकाम चैनपुर बस्ने रोशन बि.क विगत ५ वर्षदेखि पोल्टी व्यवसाय गर्दै आएका छन् । खुला मञ्च नजिकै रहेको चैनपुर र देवल जोड्ने झोलुगें पुलमुनि आफ्नै खेतमा पोल्टी फार्म खोलका उनले पहिलो पटक तराईबाट कुखुराका चल्लाहरु ल्याई व्यावसाय सुरु गरेको बताए । अहिले पोल्टी फार्ममा लोकल कुखुरा , गिरीराज, टर्की , लौकाट लगायतका अन्य जातीका कुखुरा र पन्छी पाल्दै आएका छन् । बि.कले बोइलर बाहेक अन्य जातीका कुखुराहरू उत्पादन तथा बिक्री वितरण गरी मनग्ये आम्दानी गदै आएको बताएका छन् ।

३ लाखको लगानीमा सुरु गरेको व्यावसाय अहिले २५ लाख सम्म पुगेको बताउदै उनले कुखुरा पालन सम्बन्धी कुनै किसिमको तालिम नलिई काम गर्दा गदै अनुभव बटुल्दै जाँदा सफल व्यवसायीको रूपमा चिनीएका छन् । रोजगारीको सिलसिलामा पहिलो पटक मलेसिया गएका उनले विदेशमा गरेको दुःख स्वदेशमै गरे स्वरोजगार हुन सकिने बताए ।

विदेशबाट फर्किए लगत्तै पोल्ट्री े व्यवसाय सुरु गरेको बताउदै विकले विदेश गएर जंगलमा काम गर्नु भन्दा आफनै देशमा उद्यम गर्नु उपयुक्त हुने बताए । अहिले आफ्नै परिवारसँगै रमाउँदै व्यवसाय गरिरहेको बताउदै उनले विदेशको दुख सम्झिदा आँखामा आँसु आउने गरेको बताए ।
सुरुमा आफू मात्रै स्वरोजगार भएको बताउदै उनले अहिले ३ जनालाई समेत रोजगार दिँदै आएको बताए ।

पहिले ११ जनाको परिवार पाल्न धौधौ हुने गरेको स्मरण गर्दै उनले अहिले निकै सहज भएकाले अन्य नयाँ काम पनि सुरु गर्न लागेको जानकारी गराए । राज्यले कृर्षिमा आत्मनिर्भरता बनाउनको लागि विभिन्न संघ संस्थाहरु र स्थानीय सरकाले कृषकलाई सहयोग गदै आएको छ । तर बझाङमा भने राजनीतिक पहुँचका आधारमा आफू निकट कार्यकर्ताहरूलाई अनुदानको रकम दिइने गरिएको छ ।

बास्तविक किसानहरुले भने अनुदान पाउन सकेका छैनन । उनीहरूका पिडा यथावत नै छन् । विदेशमा मासिक २० देखी ३० हजार सम्म तलब पाउने बि.कले आफ्नै घरमा गरेको व्यवसायबाट मासिक ४५ हजार भन्दा बढी कमाउँदै आएका छन ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा