मंसिर ०१ धनगढी । धनगढीमा ‘शनिवारे’ मेला सुरु भएको छ । महिलालाई स्वरोजगार बनाउने उद्देश्य लिएको शनिवारे’ मेला शनीबार देखि सुरु भएको हो । प्रत्येक शनिवार महिला लक्षित मेलाको आयोजना गर्ने उदेश्यले धनगढी उपमहानगरपालिकाले मेलाको सुरुबात गरेको बताईएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–१ पार्कमोडमा शनीबारे मेला सुरु भएको हो ।
मेलामा ६० वटा स्टल राखिएका छन् । प्रत्येक शनिवार दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म मेला लाग्ने धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी गराए । ज्ञान, सिप कला भएर पनि ब्यवसाय गर्न नसकिरहेका धनगढी उपमहानगरपालिका भित्रका महिलाहरुलाई लक्षित गरेर मेला शुरु गरिएको उनले बताए ।
महिलाहरु आफैले उत्पादन गरेका बस्तुहरु, परम्परागत तथा मौलिक खानेकुराहरु, थारु, नेवारी, डोटेली लगायत हरेक जातजाती र क्षेत्रमा पाक्ने खानपिनका परिकार मेलामा राखिने उनले जानकारी गराए । महिलाहरुमा भएको सिप कलालाई बजारमा ल्याउने, लोप हुँदै गएको संस्कृतीको जगेर्ना गर्ने उदेश्यले मेलाको सुरुबात गरिएको उनले जानकारी गराए ।
घरमै तयार पारिएका सामग्री बिक्रि गरेर महिलाहरु आत्मनिर्भर बन्दै जाने बताउदै उनले घरमा बुनेका ढाकाको झोला, धुप, दुना टपरी, सहित खाद्य परिकार गरी ६० वटा स्टल राखिएको उनले जानकारी गराए । उपमहानगरपालिकाले निशुल्क स्टलहरुको ब्यवस्था गरेको जानकारी गराउदै उनले खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायतको व्यवस्था समेत गरिएको जानकारी गराए ।
धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्री वितरण गर्न मेलाको आयोजना गरिएको बताउदै उनले धनगढी उप महानगरपालिकाले महिलाहरुलाई लक्षित गरेर, स्वरोजगार बनाउने उदेश्यले शनिबारे महिला उद्यम बजारको व्यवस्था गरिएको बताए ।
शनीबारे बजारमा परम्परागत खानाहरू, सीपहरू,उत्पादन गरेका बस्तुको बिक्री वितरण गर्ने, भएकाले विभिन्न संघ÷संस्थाले दिएका तालिमबाट सीप पाएका महिलाहरूलाई फाईदा हुने उनले बताए । सीप भएका महिलाहरुर्ले घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताउदै उनले व्यवसाय सञ्चालन गर्दै आएका महिलालाई शनिबारे बजारमा स्थान दिइएको बताए ।
महिलालाई उद्यमी बनाउने उद्देश्यले शनिबारे बजार सञ्चालन गरिएको बताउदै उनले अहिले धनगढीका महिलालाई प्राथमिकता दिने र विस्तारै अन्य पालिकाका महिलालाई पनि अवसर दिने बताए । उपमहा नरपालीकाले महिलाहरुलाई उद्यमी बनाउने तालिम समेत दिइने उनले जानकारी गराए ।


