"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बर्षातले सुठो कुहिँदा डोटीका किसान चिन्तित

No data was found

Khabar Raftar

फागुन ०१ डोटी । बर्षातका कारण सुठो कुहिँदा किसानहरु चिन्तित भएका
छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ४ का किसानले काँचो अदुवाको मूल्य नपाँए पछि बनाएको सुठो कुहिदा किसानहरु चिन्तित भएका हुन ।
अदुवा तथा बेसारखेतीका लागि जिल्लामै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् ।
अदुवाको मूल्य नपाउँदा सुठो बनाउँदै गरेका किसानलाई बर्षात र हिमपातले सुठो कुहिदा चिन्तित बनाएको बडिकेदार गाउँपालीका वडा नम्बर ४ का अदुवा व्यापारी खडक केसीले जानकारी गराए ।

उनले काँचो अदुवाको मूल्य नपाए पछि गाउँमै सबै मिलेर सुठो बनाउन थालेको जानकारी गराउदै बर्षात र हिमपातले सुठो सुक्नै नपाउँदा कुहिएको बताए । यो वर्ष अदुवा खेतीले घाटा गर्ने निश्चित भएको बताउदै उनले उत्पादन हुने अदुवा तथा बेसारको मुख्य व्यापारिक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा रहेको उनले जानकारी गराए ।
उनले त्यहाँका व्यापारीले हाल अदुवाको मूल्यमा घटीबढी गर्ने गरेका कारण यो वर्ष काँचो अदुवा बिक्री नगरी गाउँमै किसना मिलेर सुठो बनाएको बताउनु भयो । उनले घरको छाना तथा खुली रहेको गाउँकै काउले बजार नजिकैको खाली डाँडामा सुठोका लागि अदुवा सुकाइएको भए पनि दिन बिराएर हुने बर्षात हुँदा सुक्न नपाएर कहिएको उनले बताए ।
सुठो कुहिन थालेको सुनौलो किरण किसान समूह बडिकेदार वडा नम्बर ४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले जानकारी गराउदै उनले अदुवाको व्यापार ओरालो लागेको बताउनु
भयो । गाउँमै सुठो बनाएर बिक्री गरौँ भन्दा बर्षातले अदुवा सुक्नै नपाएको उनले बताए । यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई गाउँकै व्यापारीले सुठो बनाउन थालेको उनले बताए । उनले काँचो अदुवालाई कम्तीमा पनि एक देखि दुई हप्ता सम्म चर्को घाममा सुकाएर सुठो बनाइने बताउदै तीन किलो काँचो अदुवा बराबर पछि गएर सुके पछि जम्मा एक किलो मात्रै सुठो हुने जानकारी गराए ।
सुकाएर बनाइएको सुठो बर्सौसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले पनि यहाँका किसानले उत्पादन गरेका अदुवा गाउँमै सुठो बनाउन थालिएको बताउदै उनले किसानले उत्पादन गरेको अदुवा स्थानीयस्तरमै बिक्री वितरण तथा खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको
बताउनु भयो ।
काँचो अदुवा सुठो बनाउनका लागि गाउँका कम्तीमा पनि सात आठ जना युवा परिचालन गरिएको उनले बताउदै यहाँका व्यापारीले अहिले गाउँमा उत्पादन गरिएको बताउदै काँचो अदुवा प्रति किलो २८ मा खरिद गरी सुठो बनाउन थालेको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का हर्कबहादुर बोहराले जानकारी गराए । किसानको मुख्य आयस्रोत भनेको अदुवा र बेसार भएकाले उक्त खेतीलाई बढी प्राथमिकतामा राखी गाउँमै अदुवाँ प्रशोधन केन्द्र बनाउनु पर्ने स्थानीयवासीको माग रहेको छ । भारतीय व्यापारीले अदुवा र बेसारको मूल्यमा वर्षेनि गर्ने उतारचढावले किसानलाई ठूलो नोक्सानी हुने गरेको उनले बताउनु भयो ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा