"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विप्लव नेतृत्वको नेकपा द्वारा देशभर २७ औं जनयुद्ध दिवस मनाईयो

No data was found

Khabar Raftar

फागुन १ धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाद्वारा देशभर विभिन्न कार्यक्रमहरु गरेर २७ औं जनयुद्ध दिवस मनाईएको छ । नेकपा कैलालीले यस बर्ष फरक ढंगले जनयु४ दिवस मनाएको छ । नेकपाले धनगढी उपमहानगरपालीका वडा नम्बर ५ तारानगरमा रहेको मानव सेवा आश्रम्मा रहेका अनाथ तथा सुस्त मनस्थिति भएका बेसहारा महिला पुरुषहरुलाई फल फुल, मीठाई, खाद्ययान्न तथा नगद सहयोग गरेर मनाएको छ । सहयोग वितरण कार्यक्रम्मा बोल्दै नेकपाका केन्द्रिय सदस्य ओम प्रकाश पुनले देशमा कोही गरिब अपाङग र बेसहारा नबनुन र उनिहरु सबैको अपन्वत्व हुने जनबाद हुदै साम्यबाद ल्याउनका लागी लडीरहेको बताउनु भयो ।

उनले आश्रममा रहेका अनाथ असाहयहरुलाई सहयोग गर्ने अबसर पाएकोमा खुसी भएको बताउदै पार्टीले सधै सहयोग गर्ने बताउनु भयो । त्यसैगरी उनले अनाथ , गरिब बेसाहारा बालबालीकाहरुको लागी नेकपाले अपन्वत्य ग्रहण गर्ने सरकारको विकल्प खोजेको बताउदै बैज्ञानिक समाजबादी ब्याबश्थाका माध्यामबाट जन्ता प्रती उत्तरदायी जन्ताको सरकार निमार्ण गर्ने बताउनु भयो । कैलाली जिल्ला सचिब दिपेन्द्र चलाउनेले सबै खाले समस्याको समाधानका लागी पार्टी संघर्ष गरिरहेको बताउदै जसाके कोही छैन उसको नेपाल कम्युनिष्ट पार्टी भएको बताए । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनमा २७ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय सिलगढी डोटीमा २७ वटा मैनबत्ती बालेर एक÷अर्कामा टीका लगाएर जनयुद्ध दिवस मनाईएको छ ।

अनौपचारिक कार्यक्रममा जनयुद्धले देखाएको बाटोमा एकिकृत जनक्रान्तिको माध्यम देखि क्रान्ति सम्पन्न गरेर छाडने नेता÷कार्यकर्ताहरुले प्रतिवद्धता ब्यक्त गरेका थिए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी अछामद्वारा २७ औं जनयुद्ध दिवस विभिन्न सांस्कृतीक झाँकी सहित भव्य रूपमा मनाईएको छ । अछामको ढकारी बाजारमा नेपाल कम्युनिस्ट पार्टी संगै नेकपा माओवादी केन्द्रको पनि सहभागिता रहेको बताईएको छ । विभिन्न सांस्कृतिक झाँकीहरु सहित विभिन्न कार्यक्रमहरु गरि जनयुद्ध दिवस मनाईएको हो । तत्कालिन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा हरेक बर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरिदै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले २७ औं जनयुद्ध दिवसको सबै सर्बहारा श्रमजीवी जनता र क्रान्तिकारी शक्तिहरुलाई शुभकामना दिदै महान दस वर्षे जनयुद्धका सहिद बेपत्ता र घाइते योद्धा प्रति सम्मान ब्यक्त गर्नु भएको थियो । उहाँले जनयुद्धको बास्तविक उदेश्य पुरा भइनसकेकोले सहिद हरुको सपना पुरा गर्न आफ्नो पार्टी लागिरहेको बताउदै उनले सामन्त बादलाई घुँडा टेकाउने जनयुद्धले ९० प्रतिशत भुभाग कब्जा गरेको माओबादी पार्टी र जनमुक्ति सेनालाई बिगठन गरी नेपाली श्रमजिवी जनता माथि ठुलो घात गरेको बताउनु भयो । उहाँले जनयुद्धको उदेश्यलाई पुरागर्न र उपलब्धिलाई संस्थागत गर्न एकपटक सम्पुर्ण देशभक्त क्रान्तिकारी एक भएर संघर्र्ष गर्नु पर्ने आवश्यकता भएको बताउनु भयो । उहाँले रास्ट्रघाती एम सी सी सम्झौताको विषयमा भण्डाफोर समेत गर्नु भएको छ । कार्यक्रमा नेकपा माओवादी केन्द्रका ढकारी गाउँपालिका अध्यक्ष निर्प थापाले महान १० वर्ष जनयुद्ध वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि भएको तर पार्टी नेतृत्व सम्झौतामा फस्दा यो समस्या आएको बताए । त्यसैगरी डडेल्धुरामा दिप प्रज्वलन गरी २७ औं जनयुद्ध दिवस मनाईएको छ । नेपाल कम्युनिस्ट पार्टी डडेलधुराको आयोजनमा आलिताल र जोगबुढामा दिप प्रज्वलन गरी २७ औं जनयुद्ध दिवस मनाइएको हो ।

जनयुद्धलाई स्मरण गर्दै महान सहिद र घाइते अपांगले देखाएको बाटोमा एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गरेर छाडने प्रतिवद्धता सहित जनयुद्ध दिवस मनाईएको पार्टी जिल्ला कार्यलय सचिव तथा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष गणेश बोहराले जानकारी गराए ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा