किसानहरु हरेक कुराले पीडित हुदै आएको अबश्थामा किसानका उत्पादनको जिम्मा स्थानीइ सरकाले लिनु पर्छ । खेतीपाती लगाउनु देखि र भित्र्याई सके पछि पनि किसानहरुले उत्पादन गरेका बस्तुहरुको उचित मूल्य नपाउने गरेका कारण स्थानीय सरकारले किसानले उत्पादन गरेका बस्तुहरुको जिम्मा लिन जरुरी छ । सरकारले बजारको जिम्मा लिन नसकेका कारण कयौ किसानहरुले दुख खेप्नुका साथै नोक्सान बेहोर्नु परेको अबश्था छ ।
किसानलाई हौषला प्रदान गर्न र यस्तो महान कार्यबाट पलायन हुन नदिन स्थानीय सरकार जिम्मेवार हुन जरुरी छ । आफुले उत्पादन गरेका बस्तुहरु बेच्न उचित बजारको अभाव,पैदल यात्रा हिड्ेर टाढाको बजारमा लग्नु पर्ने जस्ता समस्याहरु किसानले भोग्नु परेको छ । किसानका यस्ता बाध्यताको अन्त्य गर्न स्थानीय सरकार जिम्मेवार बन्न जरुरी छ । आफुले उत्पादन गरेका सामान बिक्री गर्न बजारको खोजी गर्दै जानु पर्ने अबश्थाको अन्त्य गर्न जरुरी छ ।
सडक सञ्जालसंग नजोडिँएका गाउबस्तिका किसानहरुको समस्यालाई बुझन जरुरी छ । भौगोलिक रूपले विकट गाउबस्तिका किसानहरुले आफ्नै बारीमा फलाएका केरा, आप, काफल, नासपाती लगायतका स्थानीय उत्पादन बिक्रीका लागि स्थानीइ सरकारले जिम्मा लिन जरुरी छ ।
बजार खोज्दै पैदल हिड्नु पर्ने बाध्यकारी अबश्थाको अन्त्य गर्न जरुरी छ । खानेपानी, विद्युत्, यातायत नपुगेका गाउबस्तिमा आवश्यक विकास गनए जरुरी छ । अभावै अभावमा जीवन गुजार्नु पर्ने उनीहरुको अबश्थामा सुधार ल्याउन सक्ने गरी बजेट विनीयोजन गर्न आवश्यक छ । किसानका उत्पादनको बजारको जिम्मा स्थानीय सरकारले लीनु पर्छ । उनीहरुका लागी सिचाई,खानेपानी शिक्षा स्वाश्थ्य र यातायातको ब्याबश्था गर्न जरुरी छ ।

