माघ २८ धनगढी । प्रतिनिधि सभा सदस्य निर्वाचनको मीति नजिकिदै गर्दा निर्बाचन आचार सहिंताको सबैले पालन गर्न आग्रह गरिएको छ । मंगलबार निर्बाचन आयोग नेपाल र नेपाल कानुन समाजद्वारा धनगढीमा आयोजीते निर्बाचन आचार सहिंताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमीका वषयक कार्यक्रममा निर्बाचन आचार सहिंताको सबैले पालन गर्न आग्रह गरिएको हो । कार्यक्रमका प्रमुख अथिती तथा आन्तरिक मामीलाा तथा कानुन मन्त्री हिरा सिह सार्कीले निर्वाचन अचार सहिताको पूर्ण रप्मा पालना गर्ने प्रतिबद्धता जनाउदै सबैले पालना गर्नु पर्ने आग्रह गरेका छन ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सार्कीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराउन सबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताए । जो जहाँ भएपनि त्यहीँबाट निर्वाचन सफल बनाउन भूमिका खेल्नुपर्ने बताउदै उनले त्यसपछि मात्र जनताले अपेक्षा गरेको परिणाम प्राप्त हुने बताए । त्यसैगरी कार्यक्रमकी सभापती तथा निर्बाचन आयोगकी आयुक्त डाः जानकी तुलाधरले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गराउन आयोग सक्रिय रूपमा लागेको बताउदै सबैले आचार सहिंताको पालना गर्न आग्रह गरेकी छिन । निर्वाचनलाई लोकतन्त्रको पर्वको संज्ञा दिँदै उनले यसको सफलताका लागि सबै पक्षको सकारात्मक भूमिका अपरिहार्य रहेको बताउदै निर्बाचन आचार सहिंताको सबैले पालना गर्नु पर्ने बताईन ।

निर्वाचन सफल पार्न केवल निर्वाचन आयोगको मात्र जिम्मेवारी नभई राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र आम नागरिक सबैको साझा दायित्व भएको बताउदै उनले निर्वाचन आयोग रेफ्रीको भूमिका रहेको र राजनीतिक दल र उम्मेदवारहरु खेलाडी को भूमीकामा रहेको बताईन । खेलाडीले स्वच्छ खेल खेल्नु पर्ने बताउदै उनले रेफ्रीले अन्तिम निर्णय गर्ने बताईन । सबैले सही तरिकाले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्नुपर्ने बताउदै उनले निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा गुनासो आइरहेको बताईन ।
आचारसंहिता विपरीत गतिविधि भएमा उजुरी दिने व्यवस्था रहेको बताउदै उनले उजुरी परेमा छानबिन हुने र उल्लंघन पुष्टि भए कानुनी कारबाही अघि बढाइने बताईन । निर्वाचन आयोग स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताईन । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बताउदै आयुक्त तुलाधरले आयोग आफैंले पनि सामाजिक सञ्जालको निगरानी गरिरहेको बताईन ।

उजुरीहरू आइरहेको बताउदै उनले आवश्यक परे कारबाही प्रक्रिया पनि अगाडि बढ्ने बताईन । निर्वाचन सफल बनाउन सबै सजक हुनुपर्ने बताउदै उनले आयोगले आफ्नो संवैधानिक अधिकार पूर्ण रूपमा प्रयोग गर्ने बताईन । त्यसैगरी नेपाल कानुन समाजका महासचिव तथा वरिष्ठ अधिवक्ता सजन राम भण्डारीले कार्यक्रमको उद्देश्य र सान्दर्भिकता सम्बन्धी प्रकाश पारेका थिए भने नेपाल सरकारका पूर्व कानुन सचिव फणिन्द्र गौतमले निर्वाचन आचारसंहिता सम्बन्धी प्रस्तुतीकरण राखेका थिए ।
निर्वाचन आयोगका उपसचिव विष्णु प्रसाद पौडेलले उम्मेदवारको खर्च व्यवस्थापन सम्बन्धी प्रस्तुती राखेका थिए । छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको बताउदै यसको प्रभावकारी कार्यान्वयन गरिनु पर्ने बताउका थिए । सरोकारवालाहरूले निर्वाचन आयोगले बनाएको आचारसंहिता व्यवहारमा पूर्ण रूपमा लागू हुन नसक्दा मतदातामा नकारात्मक असर परेको गुनासो गरेका थिए ।
विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले आचारसंहिता पालना नगर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठ्न थालेको उनीहरूले बताएका थिए । निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले मतदातालाई आर्थिक प्रलोभनमा पार्ने, प्रतिस्पर्धी उम्मेदवारविरुद्ध गलत टिप्पणी गर्ने, डर, धाकधम्की जस्ता अमर्यादित गतिविधि बढ्दै गएको प्रति सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए । सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग बढेकाले सम्बन्धित निकायले निगरानी र कारबाहीलाई थप कडा बनाउनु पर्ने सहभागीहरूले सुझाव दिएका थिए ।



