"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली निर्बाचन क्षेत्र नम्बर–५ का कांग्रेस उम्मेद्वार मनु शाहको ८ बुँदे प्रतिबद्धता सार्बजनीक

No data was found

Khabar Raftar

माघ २० धनगढी । नेपाली काँग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नरनारायण शाह मनुले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेनमा क्षेत्रीय सभापति भिम पडालले उम्मेद्वार शाहको प्रतिबद्धता पत्र वाचन गरी सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । प्रतिबद्धता पत्रमा उम्मेद्वार शाहले नीति तथा कानून, युवा रोजगारी, शिक्षा–स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, सुशासन, पर्यटन र समावेशी विकासलाई आफ्नो एजेन्डा बनाएका छन ।

प्रतिबद्धता पत्रमा सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउने उद्देश्य सहित प्रतिनिधि सभा र संसदका विभिन्न समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरिएको छ ।

शाहले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पश्चिमसेती र पञ्चेश्वर जलविद्युत आयोजना, महाकाली करिडोर, सेती लोकमार्ग, २२० केभी प्रसारण लाइन विस्तार लगायतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनका लागि संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।

धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न संघीय सरकारसँग पहल गर्ने, भूमिहीन, सुकुम्बासी, दलित, मुक्त कमैया तथा मुक्त हलियाको दीर्घकालीन समस्या समाधान गर्दै लालपूर्जा वितरण प्रक्रिया अघी बढाउने उनले प्रतिबद्धता गरेका छन ।

त्यसैगरी युवा पुस्तालाई केन्द्रमा राख्दै आधुनिक सूचना प्रविधि पार्क स्थापना,युवा संवाद र नवप्रवर्तन प्लेटफर्म मार्फत जेनजीको आवाज नीतिमा रूपान्तरण गर्ने उनले प्रतिबद्धता गरेका छन ।

धनगढीमा प्रस्तावित नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गर्न जग्गा र पूर्वाधारको व्यवस्था गर्न पहल गर्ने , स्वदेशमै रोजगारी सिर्जना गर्न सीपमूलक तालिम, व्यवसाय इन्कुवेसन सेन्टर, स्टार्टअप इकोसिस्टम विकास र निजी क्षेत्रसँग सहकार्यमा युवामैत्री रोजगारी नीति निर्माणमा संसदमा सक्रिय भूमिका खेल्ने उम्मेद्वार शाहले प्रतिबद्धता पत्र मार्फत प्रतिबद्धता जाहेर गरेका छन ।

लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि अभिभावक, विद्यालय र स्थानीय प्रशासनको सहकार्यमा अभियान सञ्चालन गर्ने , गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गरी मेडिकल अध्ययन सुरु गर्न आवश्यक बजेट सुनिश्चित गर्ने उनले प्रतिबद्धता गरेका छन ।

सेती प्रादेशिक अस्पतालको संगठनात्मक संरचना सुधार गरी गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने, नगर स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने , २५ शैयाको अस्पताल स्थापना गर्ने विषय पनि प्रतिबद्धता पत्रमा समावेश गरिएका छन ।

सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल कक्षा, विज्ञान प्रयोगशाला तथा प्रविधिमैत्री शिक्षा प्रवद्र्धनका लागि बजेट सुनिश्चित गनर्,े धनगढी रंगशालालाई आधुनिक रंगशालाको रूपमा विकास गर्ने र विभिन्न वडाका खेलमैदान स्तरोन्नतिका लागि पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी कृषि क्षेत्रमा सिँचाइका लागि डिप बोरिङ र ट्युबेलको मर्मत, कृषि पकेट क्षेत्र विकास, उत्पादनको बजारीकरण र अनुदान प्रणालीलाई पारदर्शी बनाउने प्रतिबद्धता गरिएको छ । खाद्य आत्मनिर्भरता, रासायनिक मलको समयमै आपूर्ति, गुणस्तरीय बीउ र प्राविधिक सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता गरिएको छ ।

कैलालीमा औद्योगिक क्षेत्र स्थापना, आन्तरिक तथा वैदेशिक लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत रोजगारी सिर्जना गर्ने नीति बनाउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

धनगढी उपमहानगर पालिका र कैलारी गाउँपालिकामा वर्षायाममा हुने डुबान र नदी कटानको दीर्घकालीन समाधानका लागि बृहत्तर तटबन्धन योजना सञ्चालन गरिने प्रतिबद्धता गरिएको छ । धनगढी विमानस्थल विस्तार, अत्याधुनिक बसपार्क निर्माण, आकाशे पुल, भित्री सडक स्तरोन्नति, पक्की पुल निर्माण तथा खानेपानी आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता गरिएको छ ।

त्यसैगरी भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, दलित, आदिवासी जनजाति, थारु, रानाथारु, मुस्लिम, महिला, लैंगिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको समावेशी विकासलाई प्राथमिकतामा राखिने प्रतिबद्धता गरिएको छ ।

श्रमिक हकहित, सामाजिक सुरक्षा कोष, महिला सशक्तीकरण र स्वरोजगार कार्यक्रमलाई जोड दिने प्रतिबद्धता गरिएको छ ।

पर्यटन र संस्कृतिको विकासका लागि कनरी पार्क, नेतुवा ताल, बेहडाबाबा, शिवपुरीधाम, जाखोर ताल लगायतका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, थारु र रानाथारु होमस्टे प्रवद्र्धन गर्ने तथा जातीय संग्रहालय निर्माण गर्ने प्रतिबद्धता पत्र मार्फत प्रतिबद्धता गरिएको छ ।

उम्मेद्वार शाहले जनताको अपेक्षा, सुझाव र सल्लाहलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन । कैलाली क्षेत्र नम्बर ५ को समग्र विकासका लागि इमानदार, जवाफदेही र परिणाममुखी भूमिका निर्वाह गर्ने उनले बताएका छन ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए