भनिन्छ स्वाश्थ्य नै धन हो । हुन पनि हो स्वाश्थ्य राम्रो भए सबै कुरा राम्रो हुन्छ । स्वाश्थ्य राम्रो छैन भने केही गर्न सकिदैन । आज त्यही स्वाश्थ्यमाथी खेल्बाड हुदै आएको छ । कमशल सामाग्री,म्याद गुज्रेका सामाग्री र विषादीका कारण मानव स्वाश्थ्य कमजोर बन्दै गएको छ ।
अर्थात विभिन्न रोगहरुको शिकार मानव स्वाश्थ्य बन्दै गएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले अनुगमन गर्ने जिम्मेवारी पाएको छ । तर उसले आफ्नो अनुगमनलाई प्रभावकारी बनाउन सकेको छैन । ल्यावको अभाव र अन्य विभिन्न कारणले काम गर्न नसकिएको बताउदै आएको छ । प्रगती विवरण सार्बजनीक गर्दे पनि आएको छ ।
अनुगमनका दौरानमा भेटिने गरेका प्रतिकुल पाईएका नमुनाहरुलाई गुण नियन्त्रण कार्यालयले कारबाहीको प्रकृयामाल्याउन नसक्दा बजारमा यस्ता पदार्थहरु अझै भेटिने गरेका छन । पसलहरुबाट प्रतिकुल खाद्य पदाथ जफत गरी नष्ट गर्दै आएको छ । विभिन्न फर्महरुबाट खाद्य पदार्थ जफत गरी नष्ट गर्नु समस्याको समाधान होईन ।
त्यस्ता फर्मका सञ्चालकहरुलाई कारबाही पनि गर्न जरुरी छ । दशै तिहारमा मात्र नभई आनुगमनलाई नियमीत गर्न जरुरी छ । अनुगमनलाई प्रभावकारी बनाउनुका साथै कृत्रिम अभाव र बालोबजारी रोक्न सक्ने गरी काम गर्न आवश्यक छ । त्यती मात्र होईन म्याद गुज्रेका सामग्री बेच्ने ब्याबसायीलाई मानव स्वाश्थ्यंग खेल्बड गर्नु हुदैन भन्ने चेतना जाग्ने गरी कारबाही गर्न जरुरी छ ।
उपभोक्तको स्वाश्थ्यको ख्याल गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन जरुरी छ । ब्याक्तिगत फाईदाका लागी मानव स्वश्थ्यसंग खेल्बाड गर्ने अधिकार कसैलाई नभएकाले कानुनी दायरामा ल्याएर त्यस्ता अपराधीलाई कारबाही गर्न जरुरी छ । अनुगमनलाई निरन्तरता दिन आवश्यक छ । चाँडपर्वमा मात्र नभई नियमीत बजार अनुगमन गर्न जरुरी छ ।

