"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातीय विभेदको अन्त्यका लागी आन्तरीक विभेद हटाऔ

No data was found

Khabar Raftar

जतीसुकै ठुला कुरा गरेपनि दलित समुदाय भित्रको आन्तरिक विभेद अहिले सम्म हटेको छैन । जातीय विभेदको अन्त्य गर्न जतीसुकै गफ गरेपनि आन्तरीक विभेद हटाउनु पर्छ भन्ने बहस अहिले सम्म चल्न सकेको छैन । अरुलाई दोष लाउनु भन्दा पहिले आफुलाई हेर्न जरुर िघए पनि हाम्रो अरुलाइ मात्र दोष लाउने संस्कारका कारण अहिले सम्म विभेद हटन नसकेको हो ।

सामाजिक परिवर्तनका लागि दलित समुदाय भित्रको अन्तरजातीय विभेद हटाउन आवश्य छ भनेर सबैले बुझन जरुरी छ । ‘नमूना समूह’ गठन गरी दलित समुदाय सङ्गठित भएर आन्तरिक विभेद हटाउने कार्यमा लाग्न आवश्यक छ । कञ्चनपुरको शुक्लाफा“टा नगरपालिका वडा नम्बर–५ का दलित समुदायले अहिले ‘नमूना समूह’ गठन गरेर अभ्यास गरीरहेका छन । दलित समुदाय भित्रको आन्तरीक विभेद हटाउन सङ्गठित भएका छन ।

जातीय भेदभाव तथा दलित समुदाय भित्रै कायम आन्तरिक विभेद अन्त्य गर्ने उद्देश्यले उनीहरु लागी परेका छन । समुदायको एकता र हक अधिकार सुनिश्चित गर्न १७ सदस्यीय ‘नमूना समूह’ गठन गरेर उनीहरु सङ्गठित भई लागी रहेका छन । समूहले विशेषगरी दलित समुदाय भित्रका दमाइ, विश्वकर्मा, सार्की र बादीविच हुने अन्तरजातीय विभेदको अन्त्यलाई प्राथमिकतामा राखेर काम गरीरहेको छ ।

दलित समुदाय भित्रै पनि चुलोचौको र पानी नचलाउने जस्ता कुप्रथाको अन्त्य गर्न उनीहरु लागी रहेका छन । दमाइ, विश्वकर्मा, सार्की र बादी समुदायको साझा प्रतिनिधित्व हुने गरी बनाएको समूहमा दलित भित्रको आन्तरीक विभेदको अन्त्य गर्न आन्तरिक एकता कायम गरी बाह्य विभेद विरुद्ध एकजुट भएर आवाज उठाउन सहज हुने उदैश्यले काम गरी रहेका छन ।

दलित समुदायमा सामाजिक सद्भाव कायम गर्न अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने तथा संविधानले प्रत्याभूत गरेका हक अधिकार कार्यान्वयनका लागि सम्बन्धित निकायमा पैरवी गनै गरेका छन । आर्थिक सुरक्षालाई पनि प्राथमिकतामा राख्दै बचत परिचालनको अवधारणा अघि सारेका छन । समाज परिवर्तनका लागि दलित समुदाय एकताबद्ध हुन आवश्यक छ । जातीय विभेदको अन्त्यका लागी आन्तरीक विभेद हटाउन जरुरी छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए