ठेकेदारको लाफरबाहीका कारण देशका थुप्रै योजनाहरु अलपत्र परेका छन । जसका कारण नागरिकले सास्ती खेप्नु परेको छ भने देश विकासको गतीअबरोध हुने गरेको छ । सरकारको लगानी बालुवाको पानी बरबर हुँदै आएको छ । तर पनि हामी अहिले पनि ठेकेदारकै भर परिरहेका छौ । काम अलपत्र छोड्ने ठेकेदारलाई हामीले कहिल्यै कारबाही भएको देख्न पाएका छैनौ । बरु म्याद थपेको थपै गरेको देखेका छौ ।
काम अलपत्र पार्ने ठेकेदारले नै फेरी काम पाएको देखेका छौ । यो भन्दा अरु ठूलो विडम्बना के होला देशमा प्रश्न चिन्ह खडा भएको छ । नहोस पनि कसरी गल्ती माथी गल्ती गर्दा पनि जन्ताको करले तलब खाने कर्मचारीहरुले ठेकेदारबाटै कमीशन खानथाले पछि ठेकेदारको बचाउ गर्नै पर्ने अबश्था छ । ठेक्का लिएर समयमै काम नसक्ने सम्पर्क विहीन हुने ठेकेदारहरुलाई कारबाही हुनु पर्ने भए पनि अहिले सम्म भएको कुनै नजिर छैन ।
सबैको मीलीमतोमा यस्ता कार्यहरु हुँदै आएको कुरा जनताले राम्रोसंग बुझेका छन । सरकारी कार्यालयबाटै ठेकेदारबाट प्रतीशतमा कमीशन ठाडै मागीन्छ । घटीघटाउमा ठेक्का कबोल गरिन्छ । कार्यालय देखि नेता कार्यकर्ता अन्य को कोलाई हो ठेकेदारले पैसा बाडन थाले पछि ठेकेदार भाग्ने नै भयो । ठेकेदार भाग्ने अबश्था कसले बनायो भन्ने कुरा बुझेर यस्ता कार्यहरुको विरुद्ध उत्रिन आवश्यक छ ।
जे सुकै होस काम लिई सके पछि अलपत्र पार्ने ठेकेदार र ठेकेदारबाट कमीशन माग गर्ने कर्मचारी सबैलाई कारबाही गर्न आवश्यक छ । ठेकेदारलाई जवाफदेही सरकाले नै बनाउने हो । जनताले त्यस्को निगरानी गर्ने हो । कमी कम्जोरी र गल्ति औल्याउने हो । सरकारले गलत गर्ने जोसुकै ठेकेदार भए पनि कारबाहीको दायरामा ल्याउने हो । कारबाही गर्ने हो । समयमै गुणस्तरिय विकास निर्माणका काम सम्पन्न गर्न कर्मचारी, नागरिक र सरकार जिम्मेवार बन्न जरुरी छ ।

