"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अपाङगमैत्री संरचना र्मिाणमा जोड दिऔ

No data was found

Khabar Raftar

अपाङ्गमैत्री संरचना निर्माण नहु“दा अपाङ्गता भएका ब्याक्तिहरुले सास्ती खेप्नु परेको छ । खासगरी सरकारी कार्यालय,बैक र अन्य सेवामुलक कार्यालयहरु अपाङ्गमैत्री हुन नसक्दा अपाङ्गता भएका ब्याक्तिहरुले सास्ती खेप्नु परेको हो । अपाङ्गता भएका व्यक्तिहरूले शहरी क्षेत्रमा अझै पनि सेवा सुविधा लिदा कठिनाई भोग्नु परेको छ ।

बैंक, एटिएम, फुटपाथ र वडा कार्यालय लगायत अधिकांश सार्वजनिक संरचना अपाङ्गता मैत्री नभएकाले उनीहरुले कठीनाई भोग्नु परेको हो । दृष्टिविहीन व्यक्तिका लागि बनाइएका मार्गदर्शन ब्लकहरू पनि कही टुटेका छन भने कही विद्युत् तथा टेलिफोनका पोलले अवरुद्ध भएका छन । एटिएम मेसिनहरू सामान्य उचाइका मानिसलाई लक्षित गरी बनाइएकाले अपाङ्गता भएका व्यक्तिलाई प्रयोग गर्न कठिनाइ हुने गरेको छ ।

अधिकांश बैंकहरू,सरकारी बैंक समेत, माथिल्ला तल्लामा सञ्चालन भइरहेकाले त्यहा सम्म जान ¥याम्प वा लिफटको व्यवस्था नभएकाले अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या हुने गरेको छ । सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य रूपमा बैंक जानुपर्ने भए पनि अपाङगमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरुले समस्या झेल्नु परेको छ । अपाङ्गताको गम्भीरतालाई मध्ये नजर गरी अपाङ्गमैत्री संरचनामा सरकारले ध्यान दिन जरुरी छ ।

सामान्य अपाङ्गता भएका व्यक्तिले मासिक २ हजार १ सय २८ रुपैया प्राप्त गर्ने र अति गम्भीर अपाङ्गता भएका व्यक्तिले मासिक ३ हजार ३ सय ९० रुपैया पाउने व्यवस्था रहेको भए पनि उनीहरुले त्यो रकम बुझन समेत सास्ती खेप्नु परेको छ । नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई ५७ प्रकारका सुविधा सुनिश्चित गरेको भए पनि उनीहरुले पाउन नसकेको अबश्था छ ।

निजामती सेवा परीक्षामा आरक्षण, निःशुल्क स्वास्थ्य सेवा, यातायात भाडामा छुट तथा व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण पाउने संविधानले ब्याबश्था गरेको भए पनि उनीहरुले पाउन नसकेको अबश्था छ । अपाङ्गता भएका समुदायलाई लक्षित गरी विशेष नीति बनाएर अपाङ्गता भएका व्यक्तिका सवालमा सरकारले काम गर्न आवश्यक छ ।

अपाङ्गता भएका व्यक्तिहरुले संविधान अनुसार पाउने सुविधा पाउने गरी तिनै तहका सरकाले काम गर्न आवश्यक छ । निति निर्माण गरेर बजेट छुटयाई अपाङ्गता भएका ब्याक्तिहरुको सवालमा काम गर्नुका साथै अपाङगमैत्री संरचना र्मिाणमा जोड दिन आवश्यक छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए