अपाङ्गमैत्री संरचना निर्माण नहु“दा अपाङ्गता भएका ब्याक्तिहरुले सास्ती खेप्नु परेको छ । खासगरी सरकारी कार्यालय,बैक र अन्य सेवामुलक कार्यालयहरु अपाङ्गमैत्री हुन नसक्दा अपाङ्गता भएका ब्याक्तिहरुले सास्ती खेप्नु परेको हो । अपाङ्गता भएका व्यक्तिहरूले शहरी क्षेत्रमा अझै पनि सेवा सुविधा लिदा कठिनाई भोग्नु परेको छ ।
बैंक, एटिएम, फुटपाथ र वडा कार्यालय लगायत अधिकांश सार्वजनिक संरचना अपाङ्गता मैत्री नभएकाले उनीहरुले कठीनाई भोग्नु परेको हो । दृष्टिविहीन व्यक्तिका लागि बनाइएका मार्गदर्शन ब्लकहरू पनि कही टुटेका छन भने कही विद्युत् तथा टेलिफोनका पोलले अवरुद्ध भएका छन । एटिएम मेसिनहरू सामान्य उचाइका मानिसलाई लक्षित गरी बनाइएकाले अपाङ्गता भएका व्यक्तिलाई प्रयोग गर्न कठिनाइ हुने गरेको छ ।
अधिकांश बैंकहरू,सरकारी बैंक समेत, माथिल्ला तल्लामा सञ्चालन भइरहेकाले त्यहा सम्म जान ¥याम्प वा लिफटको व्यवस्था नभएकाले अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या हुने गरेको छ । सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य रूपमा बैंक जानुपर्ने भए पनि अपाङगमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरुले समस्या झेल्नु परेको छ । अपाङ्गताको गम्भीरतालाई मध्ये नजर गरी अपाङ्गमैत्री संरचनामा सरकारले ध्यान दिन जरुरी छ ।
सामान्य अपाङ्गता भएका व्यक्तिले मासिक २ हजार १ सय २८ रुपैया प्राप्त गर्ने र अति गम्भीर अपाङ्गता भएका व्यक्तिले मासिक ३ हजार ३ सय ९० रुपैया पाउने व्यवस्था रहेको भए पनि उनीहरुले त्यो रकम बुझन समेत सास्ती खेप्नु परेको छ । नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई ५७ प्रकारका सुविधा सुनिश्चित गरेको भए पनि उनीहरुले पाउन नसकेको अबश्था छ ।
निजामती सेवा परीक्षामा आरक्षण, निःशुल्क स्वास्थ्य सेवा, यातायात भाडामा छुट तथा व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण पाउने संविधानले ब्याबश्था गरेको भए पनि उनीहरुले पाउन नसकेको अबश्था छ । अपाङ्गता भएका समुदायलाई लक्षित गरी विशेष नीति बनाएर अपाङ्गता भएका व्यक्तिका सवालमा सरकारले काम गर्न आवश्यक छ ।
अपाङ्गता भएका व्यक्तिहरुले संविधान अनुसार पाउने सुविधा पाउने गरी तिनै तहका सरकाले काम गर्न आवश्यक छ । निति निर्माण गरेर बजेट छुटयाई अपाङ्गता भएका ब्याक्तिहरुको सवालमा काम गर्नुका साथै अपाङगमैत्री संरचना र्मिाणमा जोड दिन आवश्यक छ ।

