माघे सङ्क्रान्ति माघ महिनाको पहिलो दिन मनाइने नेपाली पर्व हो । थारु समुदायले यस पर्बलाई आफ्नो नया“ वर्षका रूपमा समेत मनाउदै आएका छन । माघे सङ्क्रान्ति मगर समुदायको लागि पनि सरकारद्वारा घोषित प्रमुख वार्षिक पर्व हो । यो पर्वले विभिन्न धर्म र संस्कृतिहरूमा मनाइने चाडहरूस“ग समानता राख्ने गरेको छ ।
यस पर्वमा श्रद्धालु हिन्दु धर्मावलम्बीहरूले पवित्र स्नान गर्ने परम्परा छ । यस अवसरमा लड्डु, घ्यू, तरुल (सकरखण्ड) जस्ता परिकारहरू खाने–बाँड्ने चलन छ । भान्जा–भान्जीहरू मामाघर गई टीका, आशीर्वाद र दक्षिणा नगद उपहार लिने प्रचलन पनि छ । सामान्यतया माघे सङ्क्रान्ति जनवरी १४ मा पर्दछ । भारतीय उपमहाद्वीपमा यसलाई मकर सङ्क्रान्ति वा माघी पनि भनिन्छ । सङ्क्रान्ति भन्नाले सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्नु हो ।
जब सूर्य मकर राशीमा प्रवेश गर्छ, त्यसलाई मकर सङ्क्रान्ति भनिन्छ । पहाडी सन्दर्भमा यसलाई मकर सङ्क्रान्ति भनिन्छ । मधेसी, मगर र थारु समुदायले मनाउने पर्वहरूमध्ये एक हो । माघे सङ्क्रान्तिलाई नेपाली संस्कृतिमा शुभ समयको आरम्भ मानिन्छ । यस दिनबाट अशुभ कालको अन्त्य भएको विश्वास गरिन्छ । वैज्ञानिक दृष्टिले पनि यस दिन देखि दिन लामो र रात छोटो हुन थाल्छन । अर्थात् जाडो मौसमको अन्त्य र नया“ कृषि वा वसन्त ऋतुको सुरुवातको संकेत हो ।
नेपालभर यो पर्व ठूलो उत्साहका साथ मनाइन्छ । यद्यपि विभिन्न स्थान र समुदाय अनुसार यसको नाम र विधि फरक–फरक छन् । उत्तर र पश्चिम नेपालमा यसलाई विशेष जोशका साथ मकर सङ्क्रान्तिका रूपमा मनाइन्छ । यसको महत्व महाभारत जस्ता प्राचीन ग्रन्थहरूमा समेत उल्लेख गरिएको छ ।
सूर्यदेवलाई दिव्यता र ज्ञानको प्रतीक मानिने भएकाले यस पर्वको धार्मिक र ऐतिहासिक महत्व अत्यन्त गहिरो छ । माघि सङ्क्रान्ति नेपालमा मनाइने एक प्रमुख सांस्कृतिक, धार्मिक तथा मौसमी पर्व हो । यो पर्व प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन (सामान्यतया जनवरी १४) मा मनाइन्छ । यस दिन सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
माघि सङ्क्रान्ति सूर्यदेवको पूजा–आराधनास“ग सम्बन्धित पर्व हो । यस दिनदेखि सूर्यको उत्तरायण सुरु हुने विश्वास गरिन्छ । जसलाई शुभ समयको आरम्भ मानिन्छ । हिन्दु धर्ममा यस दिनपछि विवाह, व्रतबन्ध, गृहप्रवेश जस्ता शुभ कार्य गर्न उपयुक्त मानिन्छ । नेपालका विभिन्न समुदायहरूले माघि पर्वलाई फरक–फरक नाम र परम्परा सहित मनाउछन् । जेसुकै भए पनि माघी सङ्क्रान्तिको सबैलाई हार्दिक शुभकामना ।

