असोज ०३ धनगढी । संविधान दिवसको अवसरमा नेपाली काँग्रेस र नेकपा एमालेले शक्ति प्रदर्शन गरेका छन् । शुक्रवार दुईटै दलले अत्तरिया देखि धनगढी सम्म मोटरसाइकल ¥याली निकालेर शक्ति प्रदर्शन गरेका हुन । अत्तरियाबाट सुरु भएको मोटरसाइकल ¥याली धनगढीको सहिद गेटमा े ¥यालीमा मिसिएको थियो ।
उक्त ¥यालीले धनगढीमा परिक्रमा गरेर धनगढी चौराहामा कोण सभा गरिएको थियो । कोण सभामा बोल्दै नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञ राज ढुङ्गानाले जेन जी आन्दोलनले आफूहरूलाई शिक्षा दिएको बताए ।
उनले पछिल्लो चरणमा जेनजी पुस्ताले उठाएका भ्रष्टाचार विरोधी अभियान, सुशासनका कुराहरू, विधिको शासनका कुराहरू शिरोधार्य गर्दै अघि बढ्ने बताए । उनले केही समय पहिले देखि संविधान संशोधन, प्रदेश संरचना, प्रतिनिधि सभा सङ्ख्याको विषयमा पनि कुरा उठेको बताउँदै विधिवत् ढङ्गले संविधान संशोधन गर्ने कुरामा पनि आफूहरू अगाडि बढ्ने बताए ।
उनले सार्वजनिक पदमा बसेका सबैको २०४६ यताको छानबिन गरिनुपर्छ भन्ने कुरामा आफूहरू पनि स्पष्ट रहेको बताए । उनले युवाका सपना मर्न नदिने बताउदै उनले युवाको माग स्वदेशमै रोजगारी होस देश समृद्ध होस भन्ने भएकाले युवाका सपना मर्न नदिने बताए ।
त्यसैगरी कोण सभामा बोल्दै काँग्रेस कैलालीका कार्यवाहक सभापति खेम राज थारु डगौराले मुलुक जर्जर अवस्थामा पुगेको अवस्थामा प्रजातान्त्रिक अभ्यासमा हुर्किएका दल एक ठाउँमा उभिन आवश्यक भएको बताए ।
उनले भाद्र २३ र २४ गते जेनजीको आन्दोलनमा भएको घुसपैठका कारण मुलुक समस्यामा परेको बताए । उनले आतङ्क सिर्जन गर्ने प्रति काँग्रेस एमालेले घोर भत्र्सना गरेको बताए ।


