जेनजी आन्दोलनले जुन उदेश्यका साथ आन्दोलन गरेको हो । त्यो उदेश्य पुरा गर्ने बर्तमान सरकारको दायीत्व हो । सरकारले निर्बाचन गराउने मात्र नभई आन्दोलनको उदेश्य पुरा गर्नु पर्ने भएकाले देश र जनताका पक्षमा र भ्रष्टाचारका विरुद्धमा काम गर्न जरुरी छ ।
देशले भोगेको अपुरणीय क्षतीको भर्पाई पनि गर्न जरुरी छ । राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न जरुरी छ । गम्भीर संकटका विचबाट सरकारले काम गर्नु पर्ने सबैभन्दा ठूलो चुनौती छ । देशलाई अस्थिरताबाट स्थिरतामा डो¥याउने ध्वंसबाट पुर्न निर्माण गर्ने जिम्मेवारी सरकारको काँधमा आएको छ । दलहरु फेरी सलबलाउन थाली सकेका छन ।
उनीहरुले जेन्जीले राखेका मागहरु पूरा हुन नदिने गरी आफ्ना क्रियाकलापहरु पनि गर्न थाली सकेका छन । देशलाई स्थिर सरकार चाहिएको हो भने बर्तमान सरकारले सबै भन्दा पहिले संविधाज संशोधन गर्नु पर्ने भए पनि त्यो हुन नसक्ने उनीहरुले कानुनी अबरोध देखाउने गरेका छन ।
ब्याबश्था संसदीय भए पनि स्थिर सरकारका लागी प्रत्यक्ष निर्बाचित कार्यकारी हुन जरुरी छ । पूर्ण समानुपातीक, खुल्ला प्रतिष्पर्धा हुने गरी ब्याबश्था गर्न जरुरी छ । भ्रष्टाचार गर्नेलाई सख्त कारबाही गरिने गरी संविधानमै ब्याबश्था गर्न आवश्यक छ ।
अहिले सम्म देश लुटेर अकुत सम्पती कमाएका भ्रष्टहरुको सम्पती सरकारीकरण गरी भ्रष्टाचार गर्नु हुदैन भन्ने चिन्तन जगाउन जरुरी छ । यो समय टाउकोमा हात राखेर अरुलाई सराप्ने समय नभएकाले सबैले स्थिायी सरकारका बारेमा सोच्न जरुरी छ । पटक पटक बदलने सरकारको विकल्पमा स्थिायी सरकारका लागी संविधनमै ब्याबश्था गर्न जरुरी छ । नेपाल अलिे संवेदनशील अवस्थामा रहेको छ ।
आन्तरिक राजनीतिको मात्र नभइ विदेशी शक्ति केन्द्रको हस्तक्षेप बढ्ने संकेतहरु देखिएका छन । अस्थिरताको फाइदा उठाउने समूहहरु सक्रिय हुने संकेत देखीएका छन । त्यसैले, घटनालाई सामान्य रुपमा नबुझी त्यसबाट महत्वपूर्ण पाठ सिक्न जरुरी छ ।
आबेगले नभई विवेकपूर्ण तरिकाले काम गर्न जरुरी छ । मेलमिलाप र एकताको अपरिहार्यतालाई सबैले स्विकार गर्न जरुरी छ । राजनैतिक दलहरुले पनि अन्तिरिम सरकारलाई सहयोग गर्न जरुरी छ । केवल पद र सत्ताका लागी मरीहत्ते गर्ने नेताहरुले अझै सुध्रीन जरुरी छ ।
कुहीएको एउटा आलुले अरु आलुलाई पनि खराव गरे जस्तै कुहियका नेताहरुका कारण ईमान्दार नेताहरु पनि आन्दोलनको चपेटामा परेका छन । नेपालली नागरिकले परिबर्तन चाहेका छन । भ्रष्टाचारको अन्त्य चाहेका छन । त्यसैले देश र जनताको सुनौलो भविष्य कोर्न सरकार लाग्न जरुरी छ ।

