जेन–जी आन्दोलन ऐतिहासिक आन्दोलन बनेको छ । तर जेनजी आन्दोलनको उदेश्य भने पुरा नहुने देखिएको छ । संसद विघटन भएर अन्तरीम सरकार गठन भएको छ । तर शासकिय स्वरुप परिबर्तन हुने विषयमा आंसंका उत्पन्न भएको छ ।
जेन्जीको माग प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री भए पनि अन्तरीम सरकारले संविधान संशोधन गरी निर्बाचन गर्ने विषय असम्भव जस्तै भएको छ पहिले संविधान संशोधन गरी त्यस पछि निर्बाचन गर्ने विष्यमा सहमती जुटाउनु पर्नेमा त्यसो हुन नसकेकाले जेनजीको उदेश्य पुरा नहुने देखिएको हो ।
जसले गर्दा जेन्जी आन्दोलन हात्ती आयो फुस जस्तै हुने भएको छ । बर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राष्ट्रपती र राष्ट्रिय सभा जीवितै रहेको अबश्थामा संविधान संशोधन गर्ने विषयले स्थान नपाउने देखिएको छ । अन्तरिम सरकारकी पहिलो महिला प्रधान मन्त्री सुशीला कार्कीले गरेका कामहरुले आन्दोलनलाई न्याय गरेको भए पनि मुल माग पुरा हुने अबश्था भने देखिएको छैन ।
नेपालको भविष्यलाई सुसंस्कृत राजनीतिमा लैजाँदै लोकतान्त्रिक विधिबाट सत्ता निर्माण र अर्थतन्त्रलाई खरानीबाट उठाउने प्रयासमा लाग्नुका साथै जेन्जीका मागहरु सम्बोधन गर्ने सवालमा पनि प्रधानमन्त्री लाग्नु पर्ने अबश्था छ ।
नेतृत्वले सही दिशा दिन सके देशले उज्ज्वल भविष्यको बाटो हिडन सक्ने भएकाले कानुनको शासन कायम गर्दै भविष्यका लागि सही मार्ग कोर्न सकिने भएकाले सरकारको ध्यान त्यतातीर जान पनि आवश्यक छ ।
जेन–जी आन्दोलनले राजनीतिक दलहरूको असफलता र भ्रष्टाचारविरुद्ध आवाज उठाएकाले कार्की नेतृत्वको सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध शसक्त रुपमा लाग्नु पर्ने जीम्मेवारी पनि छ । भ्रष्टाचार र कुशासनविरुद्ध शसक्त रुपमा लागे मात्र जेन–जीको माग सम्बोधन हुनेछ र जनताले चाहेको जस्तो हुनेछ ।
२०४६ साल यताका सबै नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने आयोग गठन गरी छानबिन र कार्यान्वयन गर्नु पर्ने जिम्मेवारी पनि सरकारको कांधमा आएको छ । प्रधानमन्त्री कार्की स्वतन्त्र र सम्मानित व्यक्तित्व भएकाले, न्याय र इमानदार छवि बोकेकी निष्ठावान प्रधानमन्त्री भएकाले यस्ता जिम्मेवारीहरु सहजै पुरा गर्नु सक्नु हुने छ भन्ने विश्वास गरिएको छ ।
अन्तरिम प्रधानमन्त्रीका रूपमा कार्कीसामु चुनौतीका पहाड भए पनि सम्भावना पनि त्यतीकै प्रबल भएकाले नेपालले अबश्य परिबर्तनको आभाष गर्न पाउने छ । त्यसैले जेनजी आन्दोलनको उदेश्य पुरा गर्ने गरी काम गर्न जरुरी छ ।

