सुदूरपश्चिम प्रदेश पर्र्यटकीय छटाले सम्पन्न प्रदेश हो । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर लगायत ९ वटै जिल्लामा पर्यटक छटाहरु रहेका छन । सुदूरपश्चिममा धेरै सुन्दर र मन लोभ्याउने ठाउँहरु छन यस्ता पर्यटकीय क्षेत्रको विकास गरी संरक्षण र सम्बर्दन गर्न जरुरी छ ।
प्रदेशका पर्यटकीयस्थललाई लक्षित गरेर कार्यक्रम ल्याउनुका साथै बाटोघाटो पुल पुलेसा र बास स्थानको उचित प्रबन्ध मीलाउन जरुरी छ । सुन्दर सुदूरपश्चिम प्रदेशमा हिमालका टाकुरा देखि पहाडका रमाइला डाँडाकाँडा, तराईका हरिया फाँटहरू, हिमशृङखला लगायत अरु धेरैै पर्यटकीय स्थानहरु छन ।
नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुल, सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदीका स्वादिष्ट माछासँगै ¥याफ्टिङको आनन्द लिन,टीकापुर पार्कको रमणीय दृश्यावलोकन गर्न पर्यटक नआउने होईन, आउने बाताबरण हामीले बनाउनु पर्छ ।
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल, कैलालीको चुरे गाउँपालिकाको खैरालास्थित गर्वा दरबार,कोइलाही कोइलहुवा ताल, जोगनिया ताल, महादेवा ताल, जाखौर ताल, बेला ताल सबैको संरक्षण र सम्बर्दन गर्न जरुरी छ ।
कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बेदकोट नगरपालिकामा रहेको शिवलिङगको स्वरुप जस्तै पहाडका डाँडा लिंगा, बेतकोट ताल, दोधारा–चाँदनी पुल,सिद्धबाबा मन्दिर, डडेल्धुराका उग्रतारा मन्दिर, घटाल बाबा मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् पर्शुरामको मन्दिर, ऐतिहासिक किल्ला अमरगढीको संरक्षण र सम्बर्दन संगै प्रचार प्रसार गर्न आवश्यक छ ।
डोटीको शैलेश्वरी, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार, बैतडीमा रहेका प्रसिद्ध त्रिपुरासुन्दरी, निङलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्णमन्दिर, शिवनाथ मन्दिर,सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम मस्थलमा अवस्थित रहेको खप्तड, अछामको रामारोशन, बाजुराको बडिमालिका लगायत सबै पर्यटकिय स्थलको संरक्षण र सम्बदैन गर्न जरुरी छ ।
पूर्वाधार विकास र प्रचार प्रसारलाई महत्व दिएर पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले त्यस तर्फ लाग्न आवश्यक छ । प्राकृतिक क्षेत्रको अवलोकनका लागि आउने पर्यटकलाई हरेक कुरामा सुविबधा हुने गरी ब्याबश्थापन गर्न आवश्यक छ । पर्यटकीय क्षेत्रको संरक्षण गर्न जरुरी छ ।

