भदौ २८ काठमाण्डौ । देशको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की बनेकी छिन । जेन्जीको समर्थनमा कार्की देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन । शुक्रबार उनले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन ।
भदौ २३ युवा पुस्ता (जेन–जी)को आन्दोलनका क्रम्मा १९ जनाको हत्या गरिए पछि २४ गतेका दिन देशभर चर्किएको आन्दोलन सफल भए पछि कार्कि नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन । आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटन भएको छ । नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।
शपथ ग्रहणपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपती रामचन्द्र पौडेल्ले तपाईं सफल हुनुहोस्,देश सफल होस्, भन्दै बधाई तथा शुभकामना दिएका छन । जेनजी पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।
युवा (जेन–जी) आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् । नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन । संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।
राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ । राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यसैगरी आगामी ६ महिना भित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिना भित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिना भित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । नयाँ गठित सरकारले आगामी फागुन महिना भित्र नयाँ जनादेशका लागि प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने छ ।
त्यसैगरी प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा पूर्वप्रधान मन्त्रीहरुमा बाबुराम भट्टराई मात्र पुगेका छन् । अन्य पूर्व प्रधानमन्त्रीहरु कोही पनि उपस्थित भएनन् । विगतमा यस्ता समारोहमा पूर्वप्रधान मन्त्रीहरु मन्त्रीहरु लगायतका उच्च पदस्थ उपस्थित हुने गर्थे । निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा कुर्सी हस्तान्तरण गर्ने प्रचलन थियो । तर आज त्यस्तो भएन ।
राजनीतिक दलका नेताहरु पनि उपस्थित भएनन् । रास्वपा नेता सुमना श्रेष्ठ पनि सपथमा पुगेकी थिइन् । उनले पनि जेनजी युवाहरु सहित प्रधानमन्त्री कार्कीसँग हात उठाएर खुसीयाली मनाएकी थिइन् । सुमना श्रेष्ठ र प्रधानमन्त्री कार्कीले अंगालो मारेर बधाई साटासाट गरेका थिए ।
त्यसैगरी जेनजीहरूको प्रस्ताव बमोजिम कार्की प्रधानमन्त्री बनेकाले अरु दलका नेताहरू समेत शपथ समारोहमा देखिएनन् । तर रास्वपाका नेता एवं पूर्वमन्त्री सुमना श्रेष्ठ भने जेनजी प्रतिनिधिहरूसँग शितल निवास पुगेकी थिइन् । उनले जेनजीहरूसँगै प्रधानमन्त्री कार्कीलाई बधाई दिइन् । उनले अँगालो हालेरै प्रधानमन्त्रीलाई बधाई पनि दिइन् ।


