"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जेनजीको प्रस्ताव,सुशीला कार्कीद्वारा स्वीकार

No data was found

Khabar Raftar

भदौ २५ काठमाडौँ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले नयाँ सरकारको नेतृत्व लिन जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छिन् । जेनजी समूहको भर्चुअल बैठकमा जेनजी समूहका सदस्य राष्ट्रविमोचन तिमल्सिना (¥यान्डम नेपाली) ले उक्त जानकारी दिएका हुन् ।

जेनजी समूहले बुधबार गरेको भर्जुअल छलफलमा सहभागी मध्ये अधिकांशले पूर्वप्रधान न्यायाधीश कार्कीलाई सरकारको नेतृत्वमा पठाउनु पर्नेमा जोड दिएका छन् ।

नेपाली सेनाले जेनजीका प्रतिनिधिलाई वार्तामा बोलाइरहँदा उनीहरूबीच विभिन्न नेताहरूका विकल्पबारे छलफल जारी रहेको थियो । भर्चुअल बैठकमा समूहका प्रतिनिधिहरूले सर्वसम्मत मानिने व्यक्ति खोज्दा कार्की सही पात्र हुन सक्ने निष्कर्ष निकालिएको तिमल्सिनाको भनाइ छ । विकल्पका रूपमा सागर ढकाललाई राखिएको छ ।

ढकालले अरू कोही अगाडि नबढेमा आफू तयार रहेको बताएका छन् । यस अघी जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजार भन्दा बढी मतदाताहरू मध्ये ४० प्रतिशत भन्दा बढी कार्कीको नाममा सहमत भएको बताइएको थियो ।

करिब ५ घन्टा भन्दा लामो बैठक पछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन् । उनीहरूले प्रारम्भिक १० वटा नामहरू मध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेको बताईएको छ ।

यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन