भदौ २५ काठमाडौँ । अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा जेनजीहरू सहमत भएका छन ।
जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजार भन्दा बढी मतदाताहरू मध्ये ४० प्रतिशत भन्दा बढी कार्कीको नाममा सहमत भएका हुन् ।
कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी गराईएको बताईएको छ ।
करिब ५ घन्टा भन्दा लामो बैठक पछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन् ।
उनीहरूले प्रारम्भिक १० वटा नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन् । यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ ।
Post Views: 25


