आजकाल जताततै तस्करी मौलाउदै गएको छ । सिमानामा कर छली गरेर आउने अबैध मालसामानको लेखा जोखा छैन । प्रहरीले दिन दिनै अबैधपमा करछली गरेर ल्याएको समानहरुलाई बरामद गरिनुले पनि जताततै तस्करी मौलाउदै गएको पुष्टि भएको छ । तस्करीमा सम्लग्न ब्उाक्तिहरु पक्राउ गर्न नसक्नु र सामानहरु बेबारिसे अबश्थामा भेटिनुले पनि सम्लग्नताको गन्ध आउने गरेको छ ।
सामान मात्र बरामद हुने ब्याक्ति पक्राउ नहुने अबश्था बढ्दै गएको छ । जसले गर्दा भन्सार कर्मचारी र प्रहरी प्रशासनको सम्लग्नाता हुन सक्ने आधारहरु देखिएका छन । तस्करी रोक्ने निकाय आफै तस्करीमा सम्लग्न हुने गरेका घटनाहरु पनि पटक पटक सार्बजनीक हुदै आएका छन ।
तस्करीमा सम्लग्न जो सुकै होस कारबाहीको दायरामा ल्याउन जरुरी छ । आरोप लाग्ने वित्तिकै छानविनगरी दोषी देखिए कारबाही गर्न जरुरी छ । राजस्व चुहावट र भन्सार छली रोक्न कैलाली भन्सार कार्यालय सक्रिय हुन जरुरी छ । कैलाली भन्सार कार्यालयले यस्ता कार्यहरुमा निगरानी बढाएको छ ।
सामानहरु ठुलो परिणाम्मा जफत पनि गर्ने गरेको छ । तर सामान कस्को हो भन्ने थाह नहुनुले अन्यौलता सृजना गरेको छ । तस्करीमा सम्लग्न जो कोही भए पनि कारबाही गर्न जरुरी छ । बढ्दै गएको तस्करी रोक्न कारबाहीलाई प्रभावकारी बनाउन जरुरी छ । प्रहरी, कर्मचारी र नागरिक जोसुकै होस कारबाही गर्न जरुरी छ ।

