सुन्दा अचम्म लाग्न सक्छ मान्छे पनि बेचिन्छन भनेर तर सत्य यही हो की हामीले खुल्ला आखाले स्विकार गर्नै पर्छ । महिला हराउने बालबालीका हराउने कार्य बढ्दै जानुले पनि मानव बेचविखन कार्य बढ्दै गएको बुझन सकिन्छ । सुदूरपश्चिम प्रदेशमा बढी जसो महिलाहरु हराउनुको मुख्य कारण बेचिनु हो ।
कतीपयले विबाह गरेर गएका भए पनि अधिकांस विबाहको नाम्मा बेचिएका छन । गरिवीको फाईदा उठाएर राम्रो काममा लगाई दिने प्रलोभनमा परेर महिलाहरु बेचिने गरेका छन । गरीविको फाईदा उठाउदै चन्द रुपैयामा महिलाहरु बेच्ने दलालहरुलाई कारबाही हुन नसक्दा बेचिनेक्रम रोकिएको छैन ।
देश भित्रै यौन कार्यमा लगाउने र विदेश पु¥याएर बेचिदिने जस्ता कारणहरुले हराउने महिलाहरुको संख्या बढ्दै गएको हो । कतिपय अभिभावकलाई प्रलोभनमा पारेर बालीकाहरु बेचिने गरेका छन । जहा गरिबी, अशिक्षा र अज्ञानता छ, त्यहाका बालबालिका बढी जोखिममा परेका छन ।
कैयौं बालबालिका हराएको रेकर्ड प्रहरी सम्म पनि पुग्दैन । बेखबिखन र ओसार पसारका कतीपय मुद्धा ब्याक्तिलाई फसाउन पनि दर्ता भएका छन । खासगरी दलित समुदायका युवाहरुले गैरदलित युवतीहरुसंग विहे गर्दा यस्ताखाले मुद्धाहरु दर्ता हुने गरेका छन । यस्ता मुद्धाहरुमा सरकार गम्भिर हुन जरुरी छ ।
गाउघरमा गएर नागरिक तहसम्मै चेतना फैलाउन जरुरी छ । अभिभावक र नागरिक समाज सचेत हुन जरुरी छ । प्रहरीले गाउठाउमा अभियान चलाउने गरेको छ । तर पनि बर्षेनी महिलाहरु हराउँने गरेका छन ।
महिला बेखबिखनको अन्त्य एउटा अभियानबाट नरोकिने भएकाले सबैले सचेत नागरिकको भूमीका निर्बाह गर्न जरुरी छ । बाल बालिका हराउने, बेचिने लगायत जति पनि समस्याहरु छन्, तिनको अन्त्यको लागी समग्रमा समाधानको उपायहरुको खोजी हुन जरुरी छ ।
सरकारले यस्ता दलालहरुलाई कारबाही गर्न जरुरी छ । साच्चिकै महिला बेचविखन कार्य रोक्ने हो भने यस्ता कार्यमा सम्लग्नहरुलाई कारबाही हुन जरुरी छ । स्वयं महिलाहरु पनि सचेत हुन जरुरी छ ।
दुख पाए भनेर आत्तीयर आफुलाई नर्कमा धकेल्नु भन्दा समयमै बुद्धी पु¥याएर आफु र अरुलाई बचाउन जरुरी छ । गाउ समाजमा दलालहरुबाट सबैलाई सचेत गराउन जरुरी छ । त्यस पछि महिला बेच विखन रोक्न सकिन्छ । महिला बेच विखन कार्य रोक्न महिला सक्रिय हुन जरुरी छ ।

