मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फेरी नेपालमा लागु हुने भए पछि नेपाल कम्ुनिष्ट पार्टीले देशभरी विरोध कार्यक्रम गरेको छ । कैलालीको धनगढीमा पनि नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ ।
नेपाली जनताको ब्यापक विरोधका बाफजुद पनि एमसीसी परियोजना फेरी कार्यान्वयनमा ल्याउन खोज्नु दुखद विषय हो । मिलिनियम च्यालेन्ज नेपालमा लागु हुनु हुदैन भनेर नेपाल कम्युनिष्ट पार्टीले पहिले देखि आन्दोलन गर्दै आएको हो । ५ वर्षका लागी भनेर नेपाल छिर्ने प्रयत्न गरीरहेको अमेरिकी परियोजना एमसीसी नेपालको हितमा छैन भनेर जनताले यसको विरोध पहिले देखि गर्दै आएका छन ।
चौतर्फि विरोधका बाफजुद पनि एमसीसी लागु हुने भए पछि फेरी राष्ट्रबादी शक्तिहरुले आन्दोलन गर्नु पर्ने अबश्था आएको छ । तर कसैले अहिले सम्म आवाज उठाउन सकेका छैनन । तत्कालीन सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता गरेको एमसीसी २०७८ फागुन ८ गते टेबल भए पनि फागुन १५ गते संसदबाट अनुमोदन भएको थियो ।
अनुमोदन पछि एमसीसी अन्तर्गतको अनुदान सहयोग ५० मिलिनियम अमेरिकी डलर नेपालले पाउने भनिएको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतका दुई वटा आयोजना विद्युत्प्रसारण आयोजना र सडक मर्मत आयोजना अन्तर्गत पूर्वतयारी चरणका कार्यहरू सुरु भई सको थिए । परियोजनाले विद्युत् प्रसारण आयोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिसकेको थियो ।
नेपाल सरकारले स्वीकृत पनि गरिसकेको थियो । तर अमेरिकाम लागेको भिषण आगलागी पछि अमेरिकाले गर्दै आएको सहयोग समेत रोकिएको अबश्थामा एमसिसि पनि रोकिएको थियो । फेरी अमेरिकाले एमसिसि परियोजना कार्यान्वयन गर्ने भए पछि विरोध गर्नु स्वभाविक हो ।
सम्पूण नेपाली जनताले विरोध गर्नु जरुरी छ । एमसीसी विरुद्ध जनआवाजलाई सशक्त बनाउन जरुरी छ । नेपालमा कार्यान्वयन हुने एमसीसी परियोजना विरुद्ध जनताको एकमुष्ठ आवाज आउन जरुरी छ । सरकारले बलपूर्बक लागु गर्न खोजी रहेको छ तर पनि जनताले लागु हुन नदिन आवाज उठाउन जरुरी छ ।
एमसीसी विरुद्धको जन आवाजलाई शसक्त बनाउन राष्ट्रभक्त सबै एक ठाउमा उभिन जरुरी छ । जनताका आवाजलाई एक पटक सम्बन्धित निकायले पनि सुन्न जरुरी छ । मनन गर्न जरी छ । राष्ट्रियताका पक्षमा सबैले उभिन जरुरी छ ।

