सरकारले संञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको पहु“चमा पु¥याउन जरुरी छ । निम्न आय श्रोत भएका नागरिकहरुलाई स्वाश्थ्य विमाले राहात प्रदान गरेको छ । सबैले उपचार गर्ने अबसर पनि पाएका छन । तर उपचारको रकम एकिन भए पनि चाहिए जती औषधी पाउन नसक्दा गरिव तथा विपन्न नागरिकले समस्या झेल्नु परेको छ ।
स्वाश्थ्य विमालाई अझै प्रभावकारी बनाउन आवश्यक औषधी अस्पतालकै फार्मेसीमा पाउने बाताबरण बनाउन जरुरी छ । यसलाई प्रभावकारी बनाउन सके स्वाश्थ्य बिमामा धेरैको आर्कर्षण बढ्ने निश्चित छ । स्वाश्थ्य विमा भएकाहरुले अस्पताल जादा सहज रुपमा उपचार पाउन सकेका छैनन ।
उपचारलाई पनि सहज बनाउन जरुरी छ । विमा कम्पनीले पनि अस्पतालहरुमा विमाको शुल्क समयमै तिर्ने बाताबरण बनाउन जरुरी छ । सेवाग्राहीले दुख नपाउन भन्ने उदेश्यले उपचार र औषधी सहज रुपमा प्राप्त गर्ने बाताबरण अस्पताल प्रशासनले बनाउन जरुरी छ ।
स्वाश्थ्य बिमा सञ्चालन गरेर सरकारले असल काम गरेको छ भन्ने जनताको विश्वास जीत्ने काम गर्न जरुरी छ । गरिव विपन्नहरुले स्वाश्थ्यउपचार सेवापाउने गरेको स्वाश्थ्य विमालाई सहज बनाउन सके धरै जसो गरिब असायहरुले अकालमा ज्यान गुमाउनु पर्ने अबश्थाको अन्त्य हुने छ ।
स्वास्थ्य बीमा मार्फत ज्येष्ठ नागरिकहरुको निशुल्क विमा गर्ने कार्य झनै प्रशंसनिय छ । तर यसलाई सहज बनाउनुका साथै सबै प्रकारका औषधी विमांक रकममा उपलब्ध गराउन सके झनै सुनमा सुगन्ध थपीने भएकाले सरकारले यस तर्फ ध्यान दिन जरुरी छ ।
त्यसैगरी सरकारको निती अनुसार जेष्ठ नागरिक, एच आइभी संक्रमित, कुष्ठरोगीहरुको निशुल्क विमा गरीएको छ । उनिहरुले सहज रुपमा उपचार र औषधी पनि पाउन जरुरी छ ।
५ जना भन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनु पर्ने र उनीहरुले थप २० हजारका दरले उपचार सुविधा पाउने ब्याबश्था भए पनि खोजेको औषधी नपाउदा उनिहरुले पैसा खर्च गरेर बाहिरबाट किन्नु पर्ने अबश्थाको अन्त्य गर्न जरुरी छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहहरुको पनि महत्वपूर्ण भूमिका हुने भएकाले नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउन सेवालाई सहज बनाउन तर्फ सबैको ध्यान जान जरुरी छ । स्वाश्थ्य विमा सेवा सरल र सहज ढंगले प्रदान गर्ने गरी ब्याबश्था गर्न जरुरी छ सबैको रोजाईमा परीसकेको स्वाश्थ्य विमामा सबैको पहु“च पु¥याउन जरुरी छ ।

