"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी नगरपालिकामा समावेशी शहरी सरसफाइ प्रवद्र्धनका लागि सम्झौता

No data was found

Khabar Raftar

असार १५ धनगढी । गोदावरी नगरपालिका र नेपाल नगरपालिका संघ (MuAN) बीच नगरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation – CWIS) प्रवद्र्धनका लागि सम्झौता गरिएको छ । यही असार १३ गते गोदावरी नगरपालिका र नेपाल नगरपालिका संघ बीच नगरव्यापी समावेशी सरसफाइ प्रवद्र्धनका लागि सम्झौता गरिएको हो ।

समझदारी पत्रमा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट र नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन । त्यसैगरी गोदावरी नगरपालिकाको तर्फबाट महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी खत्री र WaterAid Nepal का प्रतिनिधि गोबिन्द श्रेष्ठले साक्षीका रूपमा हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार, नेपाल सरकारको नेतृत्वमा खानेपानी मन्त्रालय, ढल व्यवस्थापन विभाग (MoWS÷DWSSM_, WaterAid Nepal -WAN) र संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (UN–Habitat) को प्रविधिक साझेदारीमा यो परियोजना सातै प्रदेशका ११ वटा नगरपालिकामा कार्यान्वयन हुने बताईएको छ । गोदावरी नगरपालिका, ललितपुर, मेचीनगर, लहान, गोरखा, घोराही लगायतका नगरपालिकाहरूमा यो कार्यक्रम लागू गरिने भएको छ ।

सम्झौतामा दिसाजन्य लेदो व्यवस्थापन, सरसफाइ सेवा समावेशी बनाउने, नगरस्तरीय नीति तथा कार्यनीति निर्माण गर्ने, तथ्यांक संकलन र अद्यावधिक गर्ने, फोहोर पानी प्रशोधन केन्द्रको अवस्था मूल्यांकन र व्यावसायिक योजना निर्माण गर्ने लगायतका गतिविधिहरूको स्पष्ट खाका तयार गरिएको बताइएको छ ।

साथै सरसफाइ सम्बन्धी तालिम, अभिमुखीकरण र क्षमता विकास कार्यक्रम पनि सञ्चालन गरिने बताईएको छ । गोदावरी नगरपालिकाले आफ्ना बार्षिक योजनामा परियोजनासँग सम्बन्धित कार्यक्रम समावेश गर्ने र परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि वातावरण शाखामा फोकल पर्सन तोक्ने भएको छ ।

ःगब्ल् र ध्ब्ल् ले भने यस परियोजनालाई भौतिक तथा प्रविधिक सहयोग प्रदान गर्ने बताइृउको छ । कुनै आर्थिक सहयोग नगर्ने उल्लेख गरिएको छ । नगरप्रमुख भट्टले सम्झौताले नगरपालिकाको सरसफाइ क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने बताएका छन ।

अध्यक्ष ढुंगानाले देशभर समावेशी सरसफाइ प्रवद्र्धनका लागि गोदावरी नगरपालिकाको सहभागिता प्रेरणादायी हुने बताए । ऋध्क्ष्क् प्रणालीले सबै वर्ग र समुदायलाई लक्षित गरेर सुरक्षित र दिगो सरसफाइ सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको उनले बताए । समझदारीले नेपालमा शहरी सरसफाइको गुणस्तर वृद्धि गर्दै मानव स्वास्थ्य, वातावरण र सामाजिक समावेशीतामा टेवा पु¥याउने अपेक्षा गरिएको उनले बताए ।

भर्खरै

खाद्य अधिकारको ग्यारेन्टी गरौ
 कञ्चनपुरको तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित
काठमाडौंबाट धनगढीतर्फ आइरहेको बस दुर्घटना
सुदूरपश्चिम प्रदेशमा दश बर्षको अवधिमा २८ वटा चितुवाको उद्धार
कैलाली र कञ्चनपुरमा डेढ लाख बढि भूमिहीन, अव्यवस्थित बसोबासी
राना मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि खुलेन, छानबिनको माग गर्दै प्रदर्शन
कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु
चिसापानीमा बस दुर्घटना हुँदा १० जना घाइते
बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अबश्थामा
जनता जनार्दन हुन भन्ने कुरा आत्साथ गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

खाद्य अधिकारको ग्यारेन्टी गरौ

bhimdatt-napa-1727420163

 कञ्चनपुरको तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

bus-acc-chisapani

काठमाडौंबाट धनगढीतर्फ आइरहेको बस दुर्घटना

bagh

सुदूरपश्चिम प्रदेशमा दश बर्षको अवधिमा २८ वटा चितुवाको उद्धार

nala-saphai-attariya-chok-300x158

कैलाली र कञ्चनपुरमा डेढ लाख बढि भूमिहीन, अव्यवस्थित बसोबासी

Untitled-25-768x460

राना मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि खुलेन, छानबिनको माग गर्दै प्रदर्शन

balak-duber

कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु

bus-acc-chisapani

चिसापानीमा बस दुर्घटना हुँदा १० जना घाइते