"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अबश्थामा

No data was found

Khabar Raftar

बैशाख २८ बैतडी । बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अवस्थामा रहेका छन् । सुकुमवासीका लागि भनेर सरकारले निर्माण गरेका जनता आवासका घर लगायतका कतिपय सरकारी भवन प्रयोगविहीन अवस्था रहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेका करिब ५० वटा सरकारी संरचना प्रयोगविहीन रहेको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए । प्रदेश सरकार गठन हुनु अघि बनेको संरचना पनि प्रयोगविहीन रहेको उनले बताए । सिगास गाउँपालिकाको गाँजरी इलाका सेवा कार्यालयको भवन १० वर्षदेखि प्रयोगविहीन अवस्था रहेको छ ।

त्यसैगरी सदरमुकामको वृद्धाश्रम, महिला सुरक्षित आवासगृह पनि प्रयोविहीन अबश्थामा रहेका छन । पाटन नगरपालिकामा मात्रै १४ वटा भन्दा बढी सरकारी संरचना प्रयोगविहीन रहेको जिल्ला समन्वय समितिका सदस्य प्रेम भाटले बताए । अनुगमनका क्रममा पाटन नमुना सहरको मनोरञ्जन पार्कका भवन र संचरना, सभा हल, ट्रमा सेन्टर, सहरी स्वास्थ्य क्लिनिक, तरकारी सङ्कलन केन्द्र, चिस्यान केन्द्र लगायतका संरचना प्रयोगविहीन रहेको उनले बताए । पछल्लो समय बैतडीका १ सय १४ वटा सरकारी विद्यालय बन्द हुने अवस्था आएपछि ती भवन समेत खाली भएको उनले बताए ।

अधिकांश स्थानीय तहले विद्यालय एकीकरण गरेपछि सरकारी लगानीमा बनेका दर्जनौँ विद्यालयका भौतिक संरचना प्रयोगविहीन बनेको बताए । पुर्चौडी नगरपालिका वडा नम्बर–७, ऐराडीगाउँमा रहेको लटीनाथ आधारभूत विद्यालय बन्द भएपछि तीन वटा भवन प्रयोगविहीन बनेका छन् । उक्त गाउँको दलित बस्तीका अधिकांश अभिभावक रोजगारीको खोजीमा बालबच्चा सहित भारतका बैङ्लुरु, पिथौरागढ लगायतका सहर पसेपछि विद्यालय पूर्ण रूपमा बन्द भएको सोही गाउँका शिक्षक दिनेश नागारीले बताए ।

अलपत्र परेका अधिकांश भवन बिनाउद्देश्य बजेट सक्नकै लागि बनेको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए । राजनीतिक पहुँचका भरमा बजेट ल्याएर राज्यको सम्पत्ति सक्ने काम मात्रै भएको देखिएको उनले बताए । जिल्ला समन्वय समितिले अनुगमन गरेर प्रदेशका ५० वटा भवनबारे छानबिन गर्न अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको उनले बताए । सरकारी लगानीमा जिल्लाभर निर्माण भएर अलपत्र परेका प्रसूतिगृहका भवन, क्याम्पस र स्वास्थ्य संस्थाका भवन प्रयोगमा नआएको उनले बताए ।

त्यसैगरी बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले प्रयोगमा नआएर अलपत्र परेका भवनको खोजी कार्य सुरु गरिने बताएका छन । मनसुनका बेला सुकुमवासी र अव्यवस्थित बसोबासी बढी प्रभावित हुने भएकाले खाली भवनको उपयोगिताबारे छलफल गर्ने उनले बताए । गाउँपालिका तथा नगरपालिकाले सङ्कलन गरेको तथ्याङ्क अनुसार बैतडीमा तीन हजारको हाराहारीमा अव्यवस्थित बसोबासी तथा सुकुमवासी रहेका छन् ।

विघटित भूमि समस्या समाधान अयोगको जिल्ला कार्यालयका निवर्तमान अध्यक्ष रमेशप्रसाद पाण्डेयले कतिपय सुकुमवासी सडक किनारमा टहरा बनाएर बसेको बताए । जिल्ला विपत् व्यवस्थापन समितिले अलपत्र रहेका सरकारी भवन खोजी गरेर मनसुन अघि त्यस्ता बसोबासीलाई राख्न सकिने बताए । स्थानीय तहको सरकारले पनि सरकारी लगानीमा बनेका प्रयोगविहीन भवनको लगत सङ्कलन गर्नुपर्ने सरोकारवालाले बताएका छन ।

भर्खरै

राना मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि खुलेन, छानबिनको माग गर्दै प्रदर्शन
कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु
चिसापानीमा बस दुर्घटना हुँदा १० जना घाइते
बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अबश्थामा
जनता जनार्दन हुन भन्ने कुरा आत्साथ गरौ
एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-25-768x460

राना मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि खुलेन, छानबिनको माग गर्दै प्रदर्शन

balak-duber

कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु

bus-acc-chisapani

चिसापानीमा बस दुर्घटना हुँदा १० जना घाइते

12

बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अबश्थामा

cropped-cropped-khabar-raftar-2.png

जनता जनार्दन हुन भन्ने कुरा आत्साथ गरौ

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण