बैशाख २८ धनगढी । काठमाडौंबाट धनगढीतर्फ आइरहेको खप्तड यातायातको ना ८ ख १९४९ नम्बरको बस कैलालीको चिसापानी पुल नजिक, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अनियन्त्रित भई दुर्घटना भएको छ । सोमबार काठमाडौंबाट धनगढीतर्फ आइरहेको खप्तड यातायातको ना ८ ख १९४९ नम्बरको बस कैलालीको चिसापानी पुल नजिक, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दीयाले बस दुर्घटना भएको जानकारी गराएको हो ।
दुर्घटनामा परी डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर–४ की ३० वर्षीया उर्मिला भट्ट, ३६ वर्षीया निलम भट्ट, बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–५ का ३२ वर्षीय भक्तबहादुर धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–७ हल्दुखालकी २५ वर्षीया रमिता बिष्ट,कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर–३ की २२ वर्षीया लक्ष्मी बोहरा,लम्कीचुहा नगरपालिका वडा नम्बर–१ अमौरीका १९ वर्षीय जीवन रावल, घाईते भएका छन ।
त्यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर–९ का ३२ वर्षीय चेतराज जोशी, धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का ३० वर्षीय नरेन्द्र नाथ, टीकापुर नगरपालिकावडा नम्बर–१ का २२ वर्षीय विशाल मगर, बझाङको मष्टा गाउँपालिका वडा नम्बर–४ का १८ वर्षीय राजेश जोशी, अछामको साँफेबगर नगरपालिका वडा नम्बर–११ का १९ वर्षीय युवराज दास र मेल्लेख गाउँपालिका वडा नम्बर–१ का १७ वर्षीय दिनेश धामी घाईते भएका छन ।
अछामको रामारोशन गाउँपालिका वडा नम्बर–३ मुजाबगरकी १९ वर्षीया लक्ष्मी खत्रीको दुवै खुट्टामा चोट लागेको छ भने उनको अबश्था मध्यम रहेको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्बर–१ का २६ वर्षीय अनिलसिंह नायक सामान्य घाइते भएका छन् । दुर्घटनामा सवारी चालक डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर–३ का २३ वर्षीय सन्तोष मल्ल पनि घाइते भएका छन् ।
उनको दुवै खुट्टाका औंला, दुवै हातका औंला तथा गर्धनमा चोट लागेको प्रहरीले जनाएको छ । त्यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ भुरीगाउँकी ३६ वर्षीया अमृता खड्का, ४० वर्षीया रिता खत्री, ५४ वर्षीय देवी खड्का, बाजुराको खप्तडछेडेदह गाउँपालिका वडा नम्बर–१ का २५ वर्षीय केशव नेपाली, कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर–८ का ४२ वर्षीय सुरज टमटा, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१७ का ३१ वर्षीय मनोज भट्ट पनि घाइते भएका छन् । उनीहरूमध्ये अधिकांशको अवस्था मध्यम रहेको जानकारी गराईएको छ ।


