आजकाल विषदीको प्रयोग बढ्दै गएको अबश्था छ । यो कुराको पुष्टि बेलबेला हुने गरेका विषादी ज्यादा भएका बस्तुहरुलाई नष्ट गरिनुले पुष्टि गरेको छ । भरखरै कैलालीको धनगढीमा विषादी धेरै भएको खान अयोग्य आप नष्ट गरिएको छ ।
त्यसैगरी अत्तरीयामा बन्दा गोभी लगायतका तरकारीहरु पटक पटक नष्ट गरिएका छन । विषादीको बढ्दो प्रयोगका कारण मानव स्वाश्थ्य विग्रदै जाने सम्भावना बढ्दै गएको छ । विभिन्न रोगहरु लाग्ने खत्रा बढ्दै गएको छ । त्यसैले मानव स्वाश्ग्थ्यको सुरक्षाका लागी विषादीको प्रयोगलाई बन्द गर्न जरुरी छ ।
राम्रो फल्ने रकमाउने उदेश्यले नागरिकको स्वाश्थ्यसंग खेल्बाड गर्ने अधिकार कसैलाई छैन । अर्गानिक तरकारी फलफुल खादै आएका नागरिक आजभोली आयातीत विषादी युक्त तरकारी फलफुल खान बाध्य छन । विषादी परीक्षण प्रयोगशालालाई प्रभाकारी बनाउन जरुरी छ ।
प्रयोगशालामा आवश्यक जनशक्ति, उपकरण तथा बजेटको ब्याबश्था गरी नागरिकको स्वाश्थ् प्रति सचेत हुन जरुरी छ । विषादीयुक्त तरकारी तथा फलफूललाई ठाउको ठाउ परिक्षण गरी नष्ट गर्ने बाताबरण सरकारले बनाउन जरुरी छ ।
त्यती मात्र नभई यस्ता कार्य गरी मानव स्वाश्यमा खेल्बाड गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । सुदूरपश्चिम प्रदेशमा निर्वाध रूपमा भित्रिने तरकारी तथा फलफुलहरुमा निगरानी बढाउन जरुरी छ । परिक्षण गरेर मात्र उपभोक्ता माझ पु¥याउन जरुरी छ ।
विषादी प्रयोगलाई बन्देज गर्न प्रयोगशालामा कडाइ गर्नुका साथै कारबाही गर्न सके यस्ता कार्यमा कमी आउने भएकाले सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ । स्वदेशमा उत्पादन हुने कृषि उपजmलाई प्राथमीकतामा राख्दै भारतबाट आयात गरिने विषादीयुक्त तरकारी तथा फलफुलमा कडाई गरिनु आवश्यक छ ।
विषादी परीक्षणको दायरा फराकिलो बनाउन जरुरी छ । उपभोक्ताको स्वास्थ्य अधिकार सुरक्षित गर्न प्रयोगशाला परीक्षण प्रणालीलाई सशक्त बनाउन जरुरी छ । जनताको स्वाश्थ्यका लागी विषादी प्रयोगमा रोक लगाउन जरुरी छ ।

