"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

वनारसी धाममा कोटीहोम महायज्ञ सञ्चालन हुने

No data was found

Khabar Raftar

फागुन २९ बैतडी । बैतडीको पाटन नगरपालिका नम्बर–३ स्थित प्रसिद्ध विश्वनाथ वनारसी धाममा आगामी चैत १७ गते देखि कोटीहोम महायज्ञ सञ्चालन हुने भएको छ । विश्वनाथ वनारसी धाममा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।

धामका धार्मिक प्रवक्ता पण्डित गणेश प्रसाद पन्तले अतिरुद्राभिषेक तयारी शुरु गरिएको बताए । पौराणिक सरयु नदी अर्थात सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको संस्कृतिका जानकारहरुले बताउँदै आएका छन् । वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग जिर्णोदार गरेपछि हरेक बर्ष महायज्ञ सञ्चालन गरिँदै आएको पन्तले बताए ।

कोटीहोम अन्तर्गत १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दीप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन गराउने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरी ५ हजार ५ सय ५५ शालीग्रामशीला पूजन, ४ हजार ४ सय ४४ कलश पूजन, १०८ अखण्ड रामायण पाठपारायण, गायत्री महामृत्युञ्जय पुरश्चरण, आत्ममहापुराण, बिष्णु धर्मोत्तरपुराण, वाशुकीपुराण, वाराहिसंहिता, १०८ उपनिषद्, चारवेद मृदंगपाठ प्रत्येक दिन सवालाख दीप प्रज्वलनगरी आरती गरिने पन्तले बताए ।

सुर्नया नदी संगममा चारपल्ट महाआरती गर्नुका साथै विविध पाठपारायणको आयोजना गरिने तयारी रहेको बताइएको छ । कोटीहोम महायज्ञमा नेपालका ऐतिहासिक जगद्गुरुको सहभागिता रहनुकासाथै विभिन्न क्षेत्रबाट संस्कृतिका जानकार र विद्वानहरुको सहभागिता रहने पन्तले बताए ।

परापूर्वकालमा खपरे नामक दैत्यको संहार गरेको हुनाले सोही बेलादेखि वनारसी देवतालाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ । कोटीहोम महायज्ञले विश्वनाथ वनारसी धामको महिमा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । वनारसी धाममा हरेक बर्ष माघ शुक्ल पक्षको दशमी अर्थात शैल्य दशमीको दिन ठूलो जात्रा लाग्ने गर्दछ ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा