"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा साढे दुई हजार जलपन्छीको अभिलेख राखियोे

No data was found

Khabar Raftar

फागुन १२ धनगढी । कैलालीको सिमसार क्षेत्रमा यस वर्ष ५९ प्रजातिका दुई हजार ५ सय २२ वटा जलपन्छीको अभिलेख राखिएको छ । हिउँदमा गरिएको गणनाको क्रममा उक्त सङ्ख्यामा जलपन्छीको अभिलेख राखिएको हो ।

रैथाने र आगन्तुक जलपन्छीको सङ्ख्या, अवस्था, प्रजाति पत्ता लगाउनका लागि गत जनवरीमा विभिन्न तालतलैयामा जलपन्छीको गणना गरिएको थियो । गणनाको क्रममा विश्व रामसार क्षेत्रमा सूचीकृत नेपालको पहिलो चरा आरक्ष घोडाघोडी तालमा ३५ प्रजातिका एक हजार ४ सय ९७ जलपन्छीको अभिलेख राखिएको हो ।

त्यसैगरी, धनगढी उपमहानगरपालिकामा रहेको जाखोर तालमा १७ प्रजातिका ४ सय ५८ जलपन्छीको अभिलेख राखिएको छ । कैलाली र बर्दियाको सीमा क्षेत्रस्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा विभिन्न २८ प्रजातिका ५ सय ५४ वटा जलपन्छीको अभिलेख राखिएको छ ।

वसन्ता वन क्षेत्रमा पर्ने रखौना, लौकाभौका, सोनियाँ रुपियाँ, घोडताल, रप्ताही लगायतका तालमा पनि पानी चराको गणना गरिएको थियो । बसन्ता वन क्षेत्रमा रहेका तालहरुमा जलपन्छीको सङ्ख्या निकै घटेको पाइएको चराविद् हिरुलाल डङ्गौराले बताए । चराको प्राकृतिक वासस्थानको विनाश, मानवीय हस्तक्षेप लगायतका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको उनले बताए ।

जाडो छल्नका लागि उत्तरी ध्रुवबाट सिमसारमा विभिन्न प्रजातिका पाहुना जलपन्छी पुगेको बेला हरेक वर्ष जलपन्छीको गणना गर्ने गरिदै आएको उनले बताए । कैलालीको सिमसारमा सिलसिले हाँस, नादुन हाँस, मरुल, डुबुल्की चरा, हरिहाँस, कैले टाउके हाँस, जलेवा, जलअप्सरा, बगाले सिमकुखुरा, हरिहाँस लगायतका रैथाने र आगन्तुक जलपन्छी पाइने गरेको उनले बताए ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए