"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा

No data was found

Khabar Raftar

माघ १६ कञ्चनपुर । कञ्चनपुरका संरक्षण क्षेत्र बाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको हो ।
नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)का चराविद् हिरुलाल डगौराले सीमसार क्षेत्र खुम्चिदै जाँदा चराको बासस्थानमा खलल पुगेको बताए ।

‘ताल तथा सीमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिमा रहेको पाइएको उनले बताए । चराको बास स्थानसँगै ताल तलैया तथा सीमसार क्षेत्रमा चरा मार्नका लागि विषादीको प्रयोग हुने गरेको पाइएको बताउदै उनले त्यस कार्यले चराको अस्तित्व खतरामा परेको बताए । बेलौरी नगरपालिाका वडा नम्बर–६ स्थित पुरैनी तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपन्छी फेला परेको बताउदै उनले त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय ५ पुगेको जानकारी गराए ।

चराको सङ्ख्या बर्षेनी घट्दै जानुमा बासस्थान विनाश प्रमुख कारण भएको उनले बताए । बीउ छर्न र उमार्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा सहयोग गर्न, कीरा फट्याङ्ग्रा नियन्त्रण गर्नमा चराले महत्वपूर्ण भूमिका खेल्ने बताउदै उनले यससँगै पर्यापर्यटनमा टेवा, वातावरणको शोभा बढाउने कार्य चराको धार्मिक तथा सांस्कृति महत्व रहेको चराविद् डगौराले बताए । विषादी प्रयोग गरी चरा मार्ने तथा शिकार गर्ने कार्यलाई स्थानीय सरकार, प्रशासनिक निकायले नियन्त्रण गर्नुपर्ने उनले बताए ।

बिसिएनको सहयोगमा चरा संरक्षणका लागि समुदाय स्तरमा सचेतना फैलाउनका लागि छलफल, गोष्ठी, बैठकसँगै चरा अवलोकनका कार्यक्रमहरु सञ्चालन हुँदै आएको उनले बताए । ती कार्यक्रममा चरा संरक्षण गर्नका लागि सीमसार क्षेत्र जोगाउनु पर्ने कुरामा जोड दिइँदै आएको उनले बताए । त्यसैगरी कञ्चनपुर पंछी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरीले स्वस्थ्य, प्राकृतिक सिमसार क्षेत्र मानव अस्तित्वका लागि महत्वपूर्ण रहेको कुरा समुदायलाई सम्झाउने बुझाउने कार्य हुदै आएको   बताए ।

सिमसारसँग मानव समाजको अत्यावश्यक र आधारभूत सम्बन्ध रहेको बताउदै उनले ताजा पानी आपूर्ति गर्ने कार्यसँगै सीमसार क्षेत्रले पानी भण्डारण गर्ने बताए । जसका कारण सीमसार क्षेत्र महत्वपूर्ण भएको बताउदै उनले सर्वेक्षण अनुसार आधाभन्दा बढी विश्वको मुख्य आहाराको लागि सिमसारमा उब्जाएको उत्पादनमा निर्भर रहेको बताए ।

विश्वका एक अर्बभन्दा बढी मानिसका लागि सिमसार क्षेत्रका माछाहरु प्रोटिनका प्राथमिक स्रोत भएको बताउदै उनले सीमसार क्षेत्रमा उब्जाएको धानले वार्षिक तीन दशमलव पाँच अर्ब मानिसलाई खान पुग्ने बताए । सीमसार क्षेत्रको महत्व नबुझदा अतिक्रमणको चपेटामा पर्दै गएको उनले बताए । प्रवासी चराचुरुङ्गी र अन्य जनावरहरु यात्राका क्रममा आराम गर्ने, खाना खाने ठाउ वा प्रजननका लागि सिमसारमा निर्भर हुने उनले बताए ।

रैथाने र प्रवासी चराको मुख्य बासस्थानका रुपमा रहेका सीमसार क्षेत्रलाई जोगाउनका लागि सबैको महत्वपूर्ण भूमिका हुने बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बताए । बिसिएनसँग सहकार्य गरी नगरपालिका क्षेत्रभित्रका सीमसार क्षेत्र संरक्षण र जलपंछी संरक्षणका लागि योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको उनले बताए ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए