"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खुटियामा नदीजन्य पदार्थको दोहन रोक्न स्थानीयको माग

No data was found

Khabar Raftar

पौष २१ धनगढी । कैलालीको खुटिया नदीमा भईरहेको नदीजन्य पदार्थको दोहन रोक्न स्थानीयले माग गरेका छन् । आइतबार स्थानीयले नगरपालिका कार्यालयमा आएर नदीमा अन्दाधुन्द नदीजन्य पदार्थ उत्खनन गरेर दोहन भइरहेको बताउदैै रोक्न माग गरेका हुन । स्थानीय गोपाल देउवाले नगरपालिकाले टेन्डर मार्फत नदीबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेको भए पनि व्यक्तिगत फाइदा लिने काम भएको बताए ।

‘विकास निर्माणको काम भन्दा व्यक्तिगत स्वार्थको लागि जेसीवी लगाइएको बताउदै उनले पुल धरापमा परेको बताए । त्यसैगरी बस्ती र वन पनि जोखिममा परेको बताउदै उनले अन्दाधुन्द जेसीबी नलगाउन नगरपालिकालाई झकझक्याउन आएको बताए । स्थानीय जनताको उठिबास लगाउने काम नगर्न आग्रह गरेको उनले बताए ।

गोदावरी नगरपालिका वडा नम्बर– ९ का टेक बहादुर ऐरले नगरपालिकाले बर्षेेनदी करोडौँ उठाएर नदी छेउको बस्तीलाई जोखिममा पार्ने गरी काम गरिरहेको बताए । उनले नदीबाट नदीजन्य पदार्थ उठाए पछि उक्त क्षेत्रमा तटबन्धको काम पनि गरिनु पर्ने बताए । गोदावरी नगरपालिका वडा नम्बर– ८ बल्मीका प्रताप थापा मगरले नगरपालिकाले बर्षेनी उठाउने राजस्वको १० प्रतिशत भए पनि तटबन्धको लागि काम गरिनु पर्ने उनले बताए ।

नदीमा इआइआईले तोकेको क्षेत्रमा मात्रै उत्खनन गर्नु पर्ने भए पनि अन्धाधुन्द उत्खनन भएको उनले बताए । अनुगमन गर्ने निकाय मौन बसेको बताउदै उनले ‘ई आइआई गरेको ठाउँमा मात्रै मापदण्ड अनुसार उत्खनन गर्नु पर्ने बताए । मापदण्ड पालना नगरिएको बताउदै उनले अनुगमन गर्ने निकाय पनि मौन बसेको बताए ।

स्थानीय शिविरका बासिन्दा खम्बिर महत्राले नगरपालिकाले सयौँको सङ्ख्यामा जेसीवीलाई अनुमति दिएर बस्तीमा भएको जोखिमको कुनै वास्ता नगरेको बताए । स्थानीयले नगरप्रमुखलाई भेटेर गुनासो राख्नको लागि आएको बताउदै उनले नगरप्रमुख नभेटिए पछि प्रमुख प्रशासकीय अधिकृतलाई भेटेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले नदी जन्य पदार्थ उत्खननका क्रममा त्रुटि भेटिए पनि त्यसको न्यूनीकरणको लागि स्थानीयले पनि साथ दिनु पर्ने बताए । सबैतिर हेर्नुपर्ने भएकाले दैनिक अनुगमन गर्न नसकिएको बताउँदै नगर प्रहरी पनि कम भएकाले परिचालन गर्न नसकिएको बताए ।

उनले पुल, र बस्ती जोखिममा पार्ने गरी उत्खनन गरेको भेटिएमा नगरपालिकामा खबर गर्न स्थानीयलाई आग्रह गरे । महेन्द्र राजमार्ग अन्तरगत गोदावरी नगरपालिका वडा नम्बर–८ मा पर्ने खुटिया नदीको पुल मुनिको क्षेत्रबाट नदीजन्य पदार्थको सङ्कलन तथा उत्खनन गरेको पाइए पछि बिहीबार राती कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको टोलीले ४ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो । त्यसपछि पनि दोहन नरोकिएको स्थानीयले बताख्एका छन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो