पौष २० धनगढी । कैलालीबाट प्रहरीले ४ लाख बढीको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर– २ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका वडा नम्बर–७ फुलबारी बसपार्क र टीकापुर नगरपालिका वडा नम्बर– ७ डाडाबोझि स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरिएको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त स्थानबाट चिनी, बिडी, सुर्ती, पानीपुरी, युरिया मल, मोवाईल ग्लास, साडी, मोटरसाइकलको ब्याट्री, किराना सामान, मोटरसाईकल लगायतका सामान गरी ४ लाख १४ हजार ७ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।
Post Views: 175


