पौष १३ धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले २ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
शुक्रवार धनगढी उपमहानगरपालिका वडा नम्बर – ९ बङग्राकटान, भजनी नगरपालिका वडा नम्बर– ३ काँडा पुल नजिक, टीकापुर नगरपालिका वडा नम्बर – ९ बालुवाटार र जोशीपुर गाउँपालिका वडा नम्बर– ३ लक्कडबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ९८ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरिएको हो ।
प्याज, चिनी, सरप, बिडी, सुर्ती, मोजा, पाल, विषादी, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
त्यसैगरी भीमदत्त नगरपालिका वडा नम्बर– १० भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका १ लाख ४ हजार ९ सय ६० रुपैयाँ मूल्य बराबरको चिनी, मिस्री, मटर, खाने तेल, किराना, हार्डवेयर लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जानकारी गराएको छ ।
Post Views: 146


