पौष ०८ धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ ।
जिल्लाका बिभिन्न स्थान गोदावरी नगरपालिका वडा नम्बर–२ धनगढी रोड छ लेन सडक खण्डको किनारा, भजनी नगरपालिका वडा नम्बर–६ थापापुर, भजनी नगरपालिका वडा नम्बर–७ हिक्मतपुर, टीकापुर नगरपालिका वडा नम्बर–१ ब्लक नम्बर २५ स्थित सडक खण्ड र कैलारी गाउँपालिका वडा नम्बर–७ पुरानो भुईयाफाटाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख १५ हजार ५ सय ३० मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्याज, बिडी, सुर्ती, सुपारी, लेडिज व्याग, तातो टोपी, गम, ब्याट्री लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ८७ हजार ४ सय ३० मूल्य बराबरको सामान सामान नियन्त्रणमा लिइएको छ ।
उक्त मुल्यको चिनी, मिश्री, मटर, खाने तेल, किराना, हाडवेयर लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको बताईएको छ ।


