मंसिर २१ धनगढी । धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर–२ शिसा पोष्ट, धनगढी उपमहानगरपालका वडा नम्बर–३ चटकपुर र बिशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६२ हजार १ सय ७० रुपैया मूल्यबराबरको सामान बरामद गरिएको हो ।
भन्सार छलीका चिनी, मिठाई, बिडी, सुर्ती, सरप, ट्याक्टरको साईट लाईट, साईकलको पाईडल, साईकलको पाना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जानकारी गराइएको हो ।
Post Views: 82


