मंसिर १९ धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालीका वडा नम्बर–३ ट्राफिक चौराहा, भजनी नगरपालीका वडा नम्बर–९ पहलवानको जंगल नजिक र टीकापुर नगरपालीका वडा नम्बर–९ पुरानो भन्सार स्थित भित्री सडक खण्डबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८५ हजार ३ सय मूल्य बराबरका सामान बरामद गरिएको हो ।
चिनी, हरियो खुर्सानी, चना, बच्चाको खेलौना, स्टिलका भाँडा, सुट पिस लगायतका सामानहरू बेबारिसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको हो ।
Post Views: 281


